Butwal Today

उपसभामुखलाई हटाउने हस्ताक्षर गर्न गएनन् महामन्त्री थापा र शर्मा, शेखर समूहबाट बडू मात्रै

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ३ भदौ

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि गरिएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसभित्र गहिरो विभाजन देखिएको छ ।

कांग्रेस नेता शेखर कोइराला पक्षबाट जम्मा एक जना सांसद, दिलेन्द्र बडुले मात्र हस्ताक्षर गरेका छन् । कोइराला समूहका नेताहरूले आफ्ना पक्षमा १६ जना सांसद रहेको दाबी गर्दै आएका छन्, तर बाँकी सांसदहरू हस्ताक्षरमा सहभागी भएनन् ।

यसबीच, पार्टीका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्षर नगरेका हुन् । गगन थापा त उपसभामुख हटाउने निर्णय भएको सोमबार साँझको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत सहभागी थिएनन् ।

यद्यपि, थापाको निकट मानिने सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेकी छन् । यसअघि पनि पोहोर भदौ २५ गते उपसभामुख रानालाई हटाउने प्रयास गरिएको थियो । तर त्यसबेला पनि नेता शेखर कोइरालाको असहमतिका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?