Butwal Today

करेन्ट लागेर एक महिलाको मृत्यु

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

दाङ, ३ भदौ ।

दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ स्थायी घर भई हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया कविता चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो  ।

चौधरीलाई तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा ठेकेदार खुसीराम चौधरीको कोठामा भाँडा माझ्ने क्रममा करेन्ट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

मोटरको तारबाट करेन्ट लागी गम्भिर घाइते भएकी चौधरीलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो । तर उपचारको क्रममा बिहान करिब सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।