ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

ऋणले बदलिएका महिला

आवश्यक पर्दा ऋण लिएर सही काममा लगाउन सके ऋणले व्यक्तिको आर्थिक अवस्था बदल्न सक्ने उदाहरण गाउँघरमा भेट्न सकिन्छ । लघुवित्तबाट ऋण लिएर उठिबास भएका घटनाका बिचमा यस्ता सफलताका कथा अरूका लागि सिक्ने योग्य छन् ।
२ भाद्र २०८२, सोमबार
२ भाद्र २०८२, सोमबार

बुटवल, ०२ भदौ  ।

स्याङ्जाको गल्याङ्की रेनुका न्यौपाने सामान्य परिवारकी सदस्य हुन् । आर्थिक अवस्था कमजोर हुँदा उनलाई गाउँमा दुईचार पैसा सापटी पत्याउँदैनथे । आर्थिक जोहोका लागि निकै दुःख झेलेकी न्यौपानेले ११ वर्ष अगाडि ग्रामीण विकास लघुवित्त संस्थामा जोडिएर पाँच हजार रुपियाँ ऋण लिई श्रीमानलाई आर्थिक जोहोका लागि भारत पठाइन ।

त्यही समयबाट नै उनको परिवारमा आर्थिक समस्या टरेको छ । श्रीमानको कमाई र आफूले थोरै जम्मा गर्ने त्यहीँबाट ऋण निकालेर पशुपालन सुरु गरेकी न्यौपानेलाई आजभोलि सापटी पैसा माग्न जान पर्ने अवस्था छैन । अहिले न्यौपानेका गोठमा चार वटा भैँसी छन् ।

दुई वटाले दूध दिन्छन्, दुई वटा बच्चा जन्माउने छन् । बारीभरि कागती र सिजन अनुसारका फलफूल छन् । दूध र फलफूल बेच्ने संस्थाको साँवा ब्याज समयमा तिर्ने र चाहिएका बेला ऋण लिने अनुशासित सदस्य न्यौपाने गल्याङ शाखामा उत्कृष्ट सदस्य हुँदै पुरस्कृत भइन ।

पहिले गाउँ कसैले पत्याउँदैन थिए तर आजभोलि म आफै दुईचार पैसा दिन सक्ने भएकी छु, उनले भनिन् । संस्थाले बचत र ऋण मात्रै होइन मलाई अनुशासित बनाउन र पैसाको महत्त्व बुझाएको छ । न्यौपानेले उत्कृष्ट सदस्य हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरेकी छन् ।

त्यसै गरी नवलपरासीकी कमला जिसी पनि माकर शाखाबाट उत्कृष्ट हुँदै पुरस्कारका लागि बुटवल आएकी थिईन । उनले संस्थाबाट लिएको पैसालाई सही ठाउँमा सही प्रयोग गर्न सकेका कारण नै आफै आर्थिक रूपमा सम्पन्न भएको बताइन ।

नवलपरासीमा व्यवसाय गर्ने जिसीले संस्थाबाट आफूले पाँच हजार रुपियाँबाट ऋण लिँदै व्यवसाय अगाडि बढाउँदै घर परिवारको आर्थिक समस्या समाधान गर्नुका साथै बच्चाहरूलाई राम्रो उच्च शिक्षा दिन सक्ने भएको बताइन ।

संस्थाले पैसालाई सही स्थानमा लगानी गर्न सिकाएका कारण नै आफू सफल भएको बताइन । उनी मात्रै होइन माकरमा धेरै दिदीबहिनीहरू संस्था मार्फत आर्थिक रूपमा सबल बनेको बताइन । उनले बजारमा लघुवित्तको नराम्रो प्रचार भए पनि यसको सही प्रयोग गर्न जानेमा आर्थिक जोहोका लागि सबल रहेको बताए ।

उनी भन्छिन्–‘मैले के का लागि र कुन प्रयोजनका लागि ऋण लिँदै छु’ भन्ने कुरालाई ध्यानमा राखेर काम गर्ने हो भने सफलता मिल्ने बताइन ।
तारा गुरुङ आज भन्दा ११ वर्ष अघि ग्रामीण विकास लघुवित्तमा जोडिएकी हुन् ।

उनलाई आफ्नी सासूले यो संस्था जोडेको बताइन । उनले यहाँबाट ऋण लिएर आफ्नो व्यवसाय सञ्चालन गरेकी छन् । व्यवसायबाट हुने आम्दानीबाट ब्याज र किस्ता तिरेर पनि आफूले राम्रो आम्दानी गरेको अनुभव सुनाइन ।

उनले यसरी सामान्य जीवन बिताइरहेकी गुरुङलाई नवलपरासीको मुकुन्दपुर शाखाबाट उत्कृष्ट भन्दै पुरस्कृतका लागि आउन पाउँदा खुसीको सीमा नै नभएको बताइन ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको एघारौँ वार्षिकोत्सवको आयोजना भएको कार्यक्रममा विभिन्न जिल्लाका उत्कृष्ट सदस्य महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा ५० जना उत्कृष्ट महिलाहरूलाई नगद १० हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरिएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक अर्जुनबहादुर कँडेलले संस्थाले आफ्ना सदस्यहरूको अगाडि बसेर गरेको बाचाहरूलाई जसरी पनि पुरा गर्ने बताए ।

उनले बजारमा आए जस्तो नराम्रो हल्लाको पछाडि नलागेर संस्थाप्रति उत्तरदायित्व भएर काम गर्ने सदस्यहरू प्रति संस्था सधैँ आभारी हुने बताए । संस्था सञ्चालक ऋषिराम पाण्डेयले संस्थाले सदस्यहरूको सन्तुष्टिलाई ख्याल गर्न जरुरी रहेको बताए ।

आफूहरू सदस्यहरूका लागि उद्यमशीलतालाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिए ।  प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले नेपाल सरकारले लगानी गरेको एक मात्र वित्तीय संस्था भएकाले सबैले विश्वास गर्नुपर्नेमा बताउँछन् ।

उनले सरकारले यो विनियोजन गरेको २ करोड रुपियाँलाई कार्यविधि बनाएर न्यूनतम ब्याजदरमा आफ्ना  सदस्यहरूलाई प्रदान गर्ने बताए । त्यसका लागि संस्थाले पकेट क्षेत्रहरू छुट्टाउने कृषि, पशु पालन, नग देवाली लगायतका विभिन्न क्षेत्रहरू छनोट गरेर लगानी गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?