ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘विपिन रिहाइमा रित्तो हात फर्किनु नपरोस्’ 

२ भाद्र २०८२, सोमबार
२ भाद्र २०८२, सोमबार

लामो समयदेखि हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अन्ततः उनकी आमा र बहिनी इजरायल लगायतमा देशमा पुगेर अविलम्ब विपिनको रिहाइको आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको पहलमा इजरायल लगायत सम्बन्धित मुलुक पुगेका विपिनकी आमा र बहिनीले विपिनको रिहाइका लागि आग्रह गरेका छन् । इजरायल र हमासबीच विगतमा युद्ध विराम भएर बन्दी आदानप्रदान गर्ने सहमति अनुसार केही बन्दी रिहा भए पनि विपिनको रिहाइ अझै हुन सकेको छैन । विपिन रिहाइमा नेपालको कूटनीतिक प्रयास असफल हुँदै आएको छ ।

जसका कारण विपिनको अवस्था लामो समय अज्ञात रहे पनि संयुक्त राष्ट्रसङ्घले नै पहल गरी उनकी आमा र बहिनीलाई इजरायल बोलाएको हो । अहिले विपिन र उनकी बहिनीले विपिनलाई रिहाइ गर्न आग्रह गरिरहेका छन् ।

यद्यपि अहिलेसम्म विपिनको रिहाइको कुनै प्रगति भएको छैन तर उनको रिहाइ हुने छ भन्ने धेरै आशा र विश्वास छ । गत वर्ष नै इजरायल र हमासबीच युद्ध विराम लागू भएपछि हमासले बन्धक मुक्तिको प्रक्रिया अघि बढाएको थियो ।

जस अनुसार केही इजरायली र विदेशी बन्धकलाई पहिलो चरणमा रिहाइ गरेको पनि थियो । इजरायलको समेत सहमति अनुसार जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गरेको थियो । रिहाइ हुनेमा थाईल्याण्ड सहित केही विदेशी नागरिक पनि थिए तर हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको रिहाइ भने हुन सकेन ।

त्यसपछि पनि बन्दी साटासाटको क्रम चलिनै रह्यो तर पनि विपिन रिहाइको अत्तोपत्तो भएन । लामो समयको अन्यौल र विपिनको अवस्थाका विषयमा समेत हुनै जानकारी नभएपछि अन्ततः विपिनको आमा र बहिनी रिहाइको अपीलसाथ द्वन्द्वग्रस्त मुलुक पुगेका छन् ।

त्यहाँ राष्ट्रसङ्घको पहलमा कूटनीतिक भेट समेत भएको छ । अन्ततः विपिन रिहाइ हुन सक्ने आशाको दियो बलेको छ । त्यसो त नेपाल सरकारले कुटनीति नियोगमार्फत विपिन जोशीको रिहाइका लागि पहल गर्दै आएको छ तर अरू देशका नागरिक मुक्त हुँदा विपिनको विषयमा अहिलेसम्म अवस्था अज्ञात रहनु चिन्ताको विषय हो ।

विगतमा कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार रिहाइ प्रक्रिया सुरु भएको थियो । नेपालले कतारसँग पनि विपिन रिहाईकाो लागि आग्रह गर्दै आएको हो तर अफसोच विपिन रिहाइको अन्यौल अझै रहनु चिन्ताको कुरा हो ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । तर, अहिलेसम्म रिहाइका विषयमा कुनै जानकारी नहुनुले चिन्ता थपिएको छ ।

इजरायल र प्यालेस्टाईनबीचको भिषण मानवीय क्षतिमा सभ्य भनिने संसार किनाराको साक्षी हुन पुगेको छ । अस्पतालमा समेत बम वर्षा प्रहार गरेर सुत्केरी आमा र नवजात शिशुको हत्या गरिएको समाचार मानवताको इतिहासको कलंक हो ।

सैनिक आक्रमणमा हमासतर्फ बढी क्षति भएको छ । दैनिक मारिनेको संख्या बढिरहेको छ । अस्पताल लगायत नागरिक क्षेत्रमा समेत बम वर्षाइएको छ । युद्धमा अहिलेसम्म ४० हजारको मृत्यु भएको सार्वजनिक भएको छ ।

दुई देशबीचको द्वन्द्वमा नेपालका विद्यार्थीहरू समेत मारिएका छन् । कुनैपनि मुलुकको भूमिमा अर्को मुलुकले सैनिक आक्रमण गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लंघन हो । युद्धको विकल्प शान्ति नै हो । तसर्थ शान्तिका लागि अझैपनि पहल गर्नु जरूरी छ ।

युद्धका मामिलामा नेपालले अहिले देखाएको अडान यथार्थमा साना मुलुकहरूको प्रतिनिधित्व पनि हो । सैनिक शक्तिका आडमा अर्को मुलुकमाथि आक्रमण र थिचोमिचो गर्दा पनि मौन रहँदा साना राष्ट्रहरूको सार्वभौम सत्ता सधैँ संकटमा पर्छ ।

यसर्थ युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नेतर्फ पहल होस् । नेपालका विपिन जोशीको रिहाइको पहल होस् । छोरा लिन गएकी विपिनकी आमा र बहिनी रित्तो हात फर्किनु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?