ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

थारु गाउँमा ‘मादल सिक्ने कक्षा’

२ भाद्र २०८२, सोमबार
२ भाद्र २०८२, सोमबार

समाचार सारांश


  • बढैया गाउँमा मादल सिकाउने कक्षा सुरु गरिएको छ,  जसले बिर्सिंदै गएको परम्परागत वाद्य मादल र संस्कृतिलाई पुनर्जीवित गरिरहेको छ ।

  • कक्षामा १२ वर्षीय बालकदेखि २५ वर्ष उमेर समूहका युवाहरू सहभागी छन् ।

  • अघिल्लो पुस्तामा मादल बजाउन नपाउने भनिएका महिला र किशोरीहरू पनि सक्रिय रूपमा सिक्दै छन् ।


बर्दिया, ०२ भदौ । 

बर्दियाको बढैया गाउँ अचेल मादलको धुनले गुन्जिएको छ । परम्परागत थारु, मगर, र अन्य स्थानीय संस्कृतिमा गहिरो रूपमा गढिएको यो वाद्य आजभोलि नयाँ पुस्ताको हातमा पुग्दै छ । गाउँमा आयोजित “मादल सिक्ने कक्षा” ले स्थानीय युवामा नयाँ उत्साह ल्याएको छ ।

बिहानदेखि बेलुकीसम्म गाउँका चौतारा, टोल घर र सामुदायिक भवनहरूमा मादलको ताल मिलाउने अभ्यास सुन्न सकिन्छ । विशेष गरी थारु, मगर, गुरुङ, र विभिन्न आदिवासी–जनजाति समुदायले यसलाई संस्कृतिको अङ्गका रूपमा मानेका छन् ।

विवाह, भोज, नाचगान, धार्मिक अनुष्ठान, र चाडपर्वमा मादल अनिवार्य बजाइन्छ । बढैया गाउँमा पनि दसौँ वर्षदेखि मादल प्रमुख वाद्यको रूपमा प्रयोग हुँदै आएको छ । थारु समुदायमा ‘सोरठी’, ‘जमरा नाच’, ‘झुम्रा’ ‘हुर्डुङगा’ ‘सखिया’ जस्ता नृत्यहरू मादल विना अधूरा हुन्छन् ।

दशकऔँ दशकसम्म गाउँका युवाहरू आधुनिक सङ्गीततर्फ बढी आकर्षित हुँदै थिए । मोबाइल, टिभी र इन्टरनेटको कारण परम्परागत बाजा बजाउने, नाच्ने कला बिस्तारै हराउँदै गएको थियो ।

“पहिले हाम्रो गाउँमा जति बेला विवाह हुन्थ्यो, मादल र झ्याम्टा बिना कल्पना गर्नै सकिन्थ्यो,” ६५ वर्षीय अब्दुल थारु भन्छन्, “तर अहिलेका बालबालिकाले मादल समात्नै चाहन्नन् भन्ने डर थियो ।” तर, हाल मादल सिकाउने कक्षाले युवाहरूलाई फेरि आफ्नो मौलिक सङ्गीतसँग जोड्ने काम गरेको छ ।

‘बढैया गाउँका केही वरिष्ठ कलाकार र समाजसेवी अगुवाहरूको संयुक्त पहलमा “मादल सिकाउने अभियान” सुरु गरेका हुन् । गाउँकै टोल बरघरको घरमा हरेक साँझ ७ बजेदेखि ११ बजेसम्म बेलुकी कक्षा सञ्चालन हुन्छ ।

गाउँकै १५ भन्दा बढी युवाले कक्षामा नाम दर्ता गरिसकेका छन् । १२ वर्षीय बालकदेखि २५ वर्षका युवासम्म सहभागी छन् । उनीहरूलाई गाउँका पुराना कलाकारले आधारभूत तालदेखि जटिल ताल सिकाउँदै छन् ।

२२ वर्षीय किशोर दिपेश थारु भन्छन्, “हामीले पहिले गीत मोबाइलमा मात्र सुन्थ्यौँ । तर मादलमा आफ्नै ताल निकाल्दा अचम्मको आनन्द मिल्छ । अहिले हाम्रो समूहले हुर्डुङगा नाचको अभ्यास गर्न थालेका छौँ ।”

२० वर्षीय सुमित्रा थारु भन्छिन्, “पहिले मादल छोरीहरूले बजाउने कुरा सुन्नै पाइन्नथ्यो । तर अहिले हामीलाई पनि सिकाइँदै छ । यो हाम्रो लागि ठुलो अवसर हो ।”  यस पटकको सिकाइ अभियानको विशेषता भनेकै महिलाको उल्लेखनीय सहभागिता हो ।

१५ जना महिला विद्यार्थीहरू पनि सक्रिय रूपमा नाच्ने र मादल बजाउन सिकिरहेका छन् । यसले लैङ्गिक समानतामुखी सांस्कृतिक अभ्यासलाई प्रोत्साहन गरेको छ । “मादल हाम्रो संस्कृति हो, महिला र पुरुष दुवैले यसलाई बजाउन पाउनु पर्छ,” प्रशिक्षक पतिराम थारु बताउँछन् ।

यो अभियानलाई अघि बढाउने मुख्य व्यक्तिहरूमा पतिराम थारु र कृष्ण थारु छन् । पतिराम थारु ४० वर्षदेखि मादल बजाउँदै आएका छन् । कृष्ण थारुले भने नेपालभरका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका छन् ।

“हामीलाई लाग्यो, यदि अहिले नै सिकाएनौँ भने हाम्रो बाजा हराउने खतरा छ,” पतिराम थारु भन्छन् । गाउँमा मादलको धुन गुन्जिन थालेपछि सामाजिक वातावरण पनि बदलिएको छ । युवाहरू बेलुकी टोल–टोलमा जम्मा भएर अभ्यास गर्छन् । यसले आपसी एकता र मेलमिलाप बढाएको छ ।

गाउँका बाबुआमाहरू पनि छोराछोरीलाई उत्साहपूर्वक हेर्छन् । “हाम्रो संस्कृतिलाई जोगाउने काम भइरहेको छ भन्ने देख्दा गर्व लाग्छ,” स्थानीय युवा राकेश चौधरी भन्छन् । उनकै अगुवाइमा मादल बजाउने र नाच्ने तालिम भइरहेको छ ।

मादल सिकाइले केवल संस्कृतिको संरक्षण मात्र होइन, रोजगारीको अवसर पनि दिन सक्छ । बर्दिया, बाँके, कैलालीजस्ता जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा बाजा बजाउने कलाकारलाई राम्रो मानपान र पारिश्रमिक मिल्छ ।

“यदि गाउँका युवाले राम्रोसँग मादल सिके भने उनीहरूले आफ्नै टोली बनाएर देशभर प्रस्तुति दिन सक्छन्,” कृष्ण थारु बताउँछन् । तर, सबै कुरा सजिलो छैन । प्रशिक्षकहरूको भनाइअनुसार मादल खरिद गर्नै कठिन छ । गुणस्तरीय मादल महँगो पर्छ, एउटा राम्रो मादल ८ देखि १२ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

“मादल हाम्रो पहिचान हो, यसलाई जोगाउन सके मात्र हामीले भविष्यलाई सही तरिकाले अघि बढाउन सक्छौँ,” ७५ वर्षीय गाउँको बरघर गोविद्य प्रसाद थारु भन्छन् । बढैया गाउँमा गुन्जिएको मादलको धुनले गाउँ मात्र होइन, सम्पूर्ण क्षेत्रलाई नै नयाँ सन्देश दिएको छ–आफ्नो मौलिकतालाई जोगाउने हो भने युवालाई सिकाउनुपर्छ ।

आजका बालबालिकाले मोबाइलमा गीत सुन्नु भन्दा पनि आफ्नै ताल निकालेर गाउँ गुन्जाउनु गर्वको कुरा हो । यो अभियानले केवल सङ्गीत मात्र होइन, संस्कृतिको संरक्षण, सामाजिक एकता, र आर्थिक सम्भावनाको नयाँ ढोका खोलिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?