© २०२३
बुटवल, २ भदौ ।
गुल्मी पुर्तिघाट तराई–मधेस सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम–२०८२ बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका अध्यक्ष बाबुराम लुइटेल शर्माले अध्यक्षता गरेका थिए ।
समाजका जेष्ठ नागरिक क्या. कुलमान थापा, जेष्ठ आमा आसा थापा, सल्लाहकार श्याम थापा र समाजप्रेमी रुप बहादुर थापा सहभागी थिए ।
कार्यक्रममा समाजका उपाध्यक्ष खेम थापा, सह–सचिव होमनाथ शर्मा, श्याम थापा, कोषाध्यक्ष अशोक ठकुरी, कुलमान थापालगायतले सम्पर्क समाजलाई निरन्तर सामाजिक सेवामा सक्रिय रहिरहन शुभकामना व्यक्त गरेका थिए ।
समाजप्रेमी रुप बहादुर थापाले कार्यक्रममै रु. ५१ हजार सहयोग गरे भने क्या. कुलमान थापाले रु. १० हजार सहयोग गरे । सहयोगी दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै सह–सचिव होमनाथ शर्माले सम्पर्क समाजलाई अझ सक्रिय बनाउन प्रतिबद्धता जनाए ।