Butwal Today

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ भदौ ।

आज सुनको मूल्यमा वृद्धि भएको छ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो ।