© २०२३
काठमाडौं, १ भदौ ।
रोल्पामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर बिरामी भएका छन् । मृत्यु हुनेमा रोल्पा परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।
२७ साउनमा जंगलबाट ल्याइएको च्याउको तरकारी खाएपछि नर्मला वली र उनका ८१ वर्षीय श्रीमान भागीराम वली दुबै बिरामी भएका थिए।
स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि २९ साउनमा दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो ।
उपचारको क्रममा नर्मला वलीको मृत्यु भएको र भागीराम वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हाल उनी सोही अस्पतालमा उपचाररत छन्।