© २०२३
काठमाडौँ, १ भदौ ।
नेपालको औपचारिक दुईदिने भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भ्रमणका क्रममा विदेशसचिव मिस्रीले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सचिव मिस्रीले भोलि, भदौ २ गते, पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।