© २०२३
काठमाडौँ ।
राजधानीका गुण्डा नाइके राजु गोर्खाली ( राजेन्द्रबहादुर गोर्खाली ) चन्द्रगिरी क्षेत्रबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार, गोर्खालीमाथि बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकोले उनलाई पक्राउ गरिएको हो ।
गोर्खाली विगतमा पनि गुण्डागर्दी, धम्की र ठगीजस्ता गतिविधिमा संलग्न रहँदै आएका थिए । पटक पटक पक्राउ परे पनि पछि रिहा हुँदै आएका उनी फेरि पक्राउ परेका हुन् ।