ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

अन्तर्राष्ट्रिय उडान नहुँदाको चिन्ता 

१ भाद्र २०८२, आइतबार
१ भाद्र २०८२, आइतबार

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विगत पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा सर्वत्र निराशाको अवस्था छ । अर्बौँ लगानी गरी बनेको यो विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा जुन उत्साह थियो, त्यो अहिले निराशामा परिणत हुँदै गएको छ । यही अन्तर्राष्ट्रिय विमानस्थल चल्ने आशामा लुम्बिनी क्षेत्रमा अर्बौँ लगानी गरी ठुला ठुला होटल बनेका छन् ।

नेपाली जनताले ठुलो धनराशि खन्याएका छन् तर लगानी उठ्ने मात्रै होइन डुब्ने चिन्ता थपिएको छ । २०७९ साल जेठ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बडो तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै गर्दा व्यवसायीमा ठुलो आशा थियो ।

भैरहवा मात्रै होइन, समग्र लुम्बिनी क्षेत्रले अव यो क्षेत्र चलायमान बन्ने भयो भन्ने आशा एवं विश्वास गरेका थिए । तर, विडम्बना उद्घाटन भएको तीन वर्ष पूरा हुन नपाउँदै लगानीकर्ताको आशामाथि तुसारापात भएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नपाउँदै धराशायी भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर भैरहवाकै हालतमा राख्ने हो भने मुलुकको अर्बौँ रकम बालुवामा पानी खन्याए सरह हुने बाहेक अर्को केही हुँदैन । त्यो मात्रै होइन निजी क्षेत्रको अर्बौँ लगानी जोखिममा परेको छ । मौसमलाई कारण देखाएर अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान रोकेको पाँच महिना पूरा भएको छ ।

नेपालमा तामझाम गरेर सुरु गरिएका आयोजनाहरू बिचमै बन्द भएका र रोकिएका उदाहरण धेरै छन् । त्यसमा यो विमानस्थल पनि परेको छ । अहिले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा प्राविधिक कारण भनिएको छ ।

त्यति मात्र होइन, यो विमानस्थल सञ्चालनमा अवरोध आउनुको धेरै कारणमध्ये काठमाण्डौं केन्द्रित मानसिकताले पनि काम गरेको लुम्बिनी क्षेत्रका व्यवसायीको भनाई छ । काठमाण्डौंका व्यवसायीको दवावमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको गुनासो सुन्न थालिएको छ । यो अत्यन्तै चिन्ताको कुरा हो ।

लुम्बिनी क्षेत्रका व्यवसायीले भैरहवाबाट उडान रोकिनुमा काठमाण्डौं केन्द्रित सिण्डिकेट गर्ने ठुलो गिरोहको हात रहेको बताउँदै आएका छन् । भैरहवाले यो नियती भोगिरहँदा भोलीका दिनमा पोखरामा समेत भैरहवाकै अवस्था दोहोरिने चिन्ता छ ।

भैरहवामा जेनतेन भैरहेको अन्तर्राष्ट्रिय उडान रोकिँदा पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा पोखरेलीहरू उत्तिकै चिन्तित छन् । निश्चितरूपमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाईका केही प्राविधिक समस्या छन् ।

अन्तर्राष्ट्रिय उडानमा देखिएको अडचन, बेथिती छँदैछन् । त्यसमाथि उडान सञ्चालनको स्पष्ट कार्यविधि नबन्नु चुनौतिकै रूपमा रहेको छ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउने हो भने काठमाण्डौं केन्द्रित अन्तर्राष्ट्रिय उडान र व्यवसायीको केन्द्रिकृत सोँचमा परिवर्तन गर्नु जरुरी छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेमात्र होइन, चलाउने ग्यारेन्टी पनि सरकारले लिनुपर्दछ । होइन भने विमानस्थल निर्माणको लगानी बालुवामा पानी हुनेछ । यो बिषयमा सरकार सचेत बनोस् ।  मुलुकले पाएको भरपर्दाे र विश्वासयोग्य अन्तर्राष्ट्रिय उडान रोकिएकोमा पर्यटन व्यवसायीमा ठुलो निरासा छाएको छ ।

यो विमानस्थलबाट भारतसंग सिधा एयर रुट छैन । भारतले आकास उपलब्ध नगराउँदा अनिश्चयको वातावरण सिर्जना भएको यथार्थ हो । कतिपयले त उडान माफियाहरूले काठमाण्डौं बाहिरबाट अन्तर्राष्ट्रिय उडान भएको देख्नै र सुन्नै नचाहेको र उनीहरूकै कारण भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि असफल बनाउने प्रयास भैरहेको तर्क गरिरहेका छन् ।

जेहोस भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि सफल वनाउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम जनता सवैको ध्यान जाओस् । शनिवारमात्रै नागरिक उडड्यन मन्त्री बद्री पाण्डे भैरहवा आएर व्यवसायीसंग विमानस्थल संचालनको विषयमा अन्तरक्रिया गरेका छन् ।

अव छलफल र गोष्ठी तथा बैठक गरेरमात्रै हँुदैन, विमानस्थल चलाउनेतर्फ ध्यान जानुप¥यो । खासगरी सरकारले नेतृत्वदायी भूमिका खेल्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?