© २०२३
काठमाडौं, १ भदौ ।
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल–अधाहको अवसरमा विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० जना नेपालीलाई आममाफी प्रदान गरेको छ ।
युएईस्थित नेपाली दूतावास, अबुधावीका अनुसार ती नेपालीहरूको बाँकी कैद सजाय अवधि मिनाहा गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।