© २०२३
काठमाडौँ ।
टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज (साउन ३१) नेपाल दोस्रो खेल खेल्दै छ।
अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग भिड्ने भएको हो।
यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित बंगलादेश पनि आजको खेल जित्न चाहन्छ।
सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्।