ट्रेंडिंग:

>> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता

८ वर्षमा पनि पुरा भएन परासी हाटबजार 

३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

सुनवल, ३१ साउन ।

नवलपरासी जिल्लाकै सबैभन्दा धेरै भिडभाड हुने परासी हाटबजार व्यवस्थापनको ठेक्का लागेको ८ वर्ष भयो तर हालसम्म काम पुरा भएको छैन । रामग्राम–२ परासीमा रहेको हाटबजार अव्यवस्थित भएपछि २०७४ सालमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो ।

८ करोडको लागतमा डेढ वर्षमा काम सक्ने गरी पप्पु श्री शक्ति जेभीले हाटबजार व्यवस्थापनको जिम्मा पाएकोमा अझै १६ प्रतिशत काम पुरा भएको छैन । शुक्रवार ठेकेदारले काम पुरा नगरेको विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि र सङ्घीय सरकार अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रतिनिधिसँग स्थानीय तहका जनप्रतिनिधिले आक्रोश व्यक्त गरे ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले अब काम नभए कर्मचारी र ठेकेदार दुवैलाई थुन्ने चेतावनी दिए । समयमै काम पुरा नहुँदा हाटबजार व्यवस्थापनमा समस्या भएको यादवले बताए । ‘स्थानीय सरकार सहजिकरणका लागी तयार छ, तर ठेकेदारले पटक पटक काम पुरा गर्छु भनेर काम नगर्दा अपसज हामीले खेप्नुपरेको छ, यादवले गुनासो गरे ।’

सङ्घीय र प्रदेश सरकारको कामको ढिलासुस्तीको जवाफ दिँदा नागरिकमा स्थानीय तहका जनप्रतिनिधिप्रति गलत धारणा विकास हुने खतरा रहेको यादवले औल्याए । वडा नम्बर दुईका वडा अध्यक्ष निरज रौनीयारले यसअगाडि पनि पटक–पटक काम सुरु गर्छु भनेर ठेकेदार गायब हुने गरेको भन्दै विश्वास गर्ने आधार नभएको बताए ।

स्थानीय तहका जनप्रतिनिधिको चर्को आक्रोश पछि सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले ठेकेदारलाई एक हप्ता भित्र काम सुरु गर्ने प्रतिबद्धता गराएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपट बहादुर थापाले अबको १५ दिन भित्र काम सुरु नभए ठेक्का तोड्ने प्रक्रिया सुरु गर्ने जानकारी दिए ।

हाटबजारमा टहरा निर्माणको काम सके पनि ब्लक बिछ्याउने, बत्ती जोड्ने, रेलिङ निर्माण गर्ने काम बाँकी छ । ‘काम सक्न पटक पटक ताकेता गरेको हो, ठेकेदारको आन्तरिक समस्याले काम हुन सकेको थिएन, अब अन्तिम चेतावनी दिएपछि एक हप्ता भित्र काम सुरु गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको छन्,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?