ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

२५० बढी थारु महिलाको सामूहिक अष्टिम्की

३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

नेपालगञ्ज, ३१ साउन ।

नेपालगञ्जमा बसोबास गर्ने थारु समुदायका महिलाहरु आज एकै ठाउँमा भेला भई अष्टिम्की (टिक्ने) पूजा गर्ने तयारीमा जुटेका छन् ।

करिब २५० भन्दा बढी थारु महिला र युवतीहरूले आफ्नो सांस्कृतिक पहिचान, एकता र गर्वलाई प्रकट गर्ने उद्देश्यले आज साँझ सामूहिक रुपमा अष्टिम्की पूजा गर्ने तयारी गरेका हुन । थारु परम्परा अनुसार कृष्ण जन्माष्टमीको दिन दिनभर निराहार ब्रत बसेका महिलाहरुले घरको भित्तामा कृष्ण भगवान, पाँच पाण्डव, द्रौपदी, हात्ती, घोडा लगायतका चित्र कोरेर त्यसैमा बेलुका पूजा गर्ने चलन छ, जसलाई ‘अष्टिम्की टिक्ने’ भनिन्छ ।

यसअघि नेपालगञ्जमा टोल वा घरपरिवारका महिला मिलेर टिक्ने चलन रहँदै आएको भए पनि यसपालि थारु महिलाहरूको एकताको सन्देश दिने उद्देश्यले सामूहिक आयोजना बनाईएको थारु कलाकार तथा होटल व्यवसायी सत्यनारायण चौधरीले बताए । महिलाको संख्या धेरै रहेकाले बेलुका ६ बजेदेखि अष्टिम्की टिक्ने कार्यक्रम राखिएको चौधरीले जानकारी दिए ।


नेपालगञ्ज–६ फुटेक्रामा बस्दै आएकी २१ वर्षीया आयशा चौधरीले भने आफू सानैदेखि नेपालगञ्जमै हुर्किएकी भए पनि थारु अष्टिम्कीको परम्परा गत वर्षदेखि मात्र बुझ्न थालेको बताइन् । नेपालगञ्जमा बाँकेका विभिन्न पालिकासहित दाङ, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु महिलाहरु पढाई तथा जागिरको शिलशिलामा बसोवास गर्दै आएको थारु अगुवाहर बताउँछन् ।

यसरी वभिन्न जिल्लाबाट अध्ययन, जागिर र व्यवसायका लागि आएका थारु महिलाहरूको संख्या ठूलो भए पनि उनीहरूलाई संगठित गर्ने नेतृत्वको कमी रहेको थारु गायिका तथा सामाजिक अभियन्ता सुमित्रा चौधरीले बताइन् ।

यसरी नेपालगञ्जको अष्टिम्की पर्व केवल पूजापाठ मात्र नभई, थारु महिलाको एकता, पहिचान र गर्वलाई जीवन्त बनाउने सांस्कृतिक उत्सव बन्दै आएको छ । अष्टिम्कीको पूर्व सन्ध्यामा हिजो नेपालगञ्जका थारु महिलाले समूहिक दर (भिन्सर्र्या) पनि खाएर मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?