Butwal Today

इन्द्रेणीद्वारा वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित

३१ श्रावण २०८२, शनिबार
अ+
अ-

बुटवल, ३१ साउन ।

बुटवल सुख्खानगरमा रहेको इन्दे्रणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई पारित गरेको छ । इन्द्रेणीले शेयर सदस्यमुखि, उत्पादनमुखि र बहुउद्देश्यीय मुलक कार्यक्रमलाई निरन्तरता दिदै आउने वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको हो ।

इन्दे्रणीको शुक्रबार भएको संयुक्त बैठकमा नीति तथा कार्यक्रमका बारेमा प्रकाश पार्दै संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले सहकारीको खराव कर्जालाई कम गर्ने र सदस्यमुखि कार्यक्रम गर्ने बताए । इन्द्रेणीलाई मुलुकै नमुना सहकारी बनाउने गरि सहकारी नीतिगत कामहरु गर्दै आएको उल्लेख गर्दै उनले सहकारीसँग सहकार्य गर्दै मर्जरको नीतिलाई अगाडि सारेको बताए ।

उनले सहकारीका सदस्य तथा कर्मचारीको बीमा कार्यक्रम, जेष्ठ नागरिक, विद्यार्थी सम्मान कार्यक्रमलाई निरन्तरता दिदै बहुउद्देश्यीय कार्यक्रम अन्तरगत अतिथि गृह निर्माणको योजनालाई अगाडि सारेको सो अवसरमा जानकारी दिए ।

संयुक्त बैठक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष भुपाल कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष धुर्वकुमार धिताल, पुर्व अध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, लेखा समिति संयोजक लुंजलाल शाक्य, मूल्यांकन समिति संयोजक दलबहादुर थापा, सल्लाहकार डम्बरदेव अर्याल, दिलबहादुर थापा, सुर्यकुमार श्रेष्ठ, संस्थाका उपाध्यक्ष माया गौतम, सचिव नरबहादुर रजाली लगायतले आआफ्ना भनाई राख्दै सहकारीलाई उदाहरणीय, सुशासनमैत्री बनाउदै संस्थालाई थप मजबुद बनाउनका लागि सबैबिचको सहकार्य आवश्यक रहने बताए ।

दुई हजारबढी सदस्य रहेको इन्द्रेणीको कुल पुँजी ६४ करोड २० लाख, शेयर पुँजी १० करोड ४५ लाख ६ हजार ५ सय, बचत ४० करोड ६९ लाख, कुल कर्जा ४१ करोड ९५ लाख रहेको कोषाध्यक्ष कृष्णप्रसाद अर्यालले बताए । उनले सहकारीलाई अब्बल बनाउन र उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न इभि चार्जिङ स्टेशन, दुग्धजन्य पदार्थको बिक्री कक्ष, बहालमा खाजा घर संचालन गर्दै आएको बताए । यसैबिच सहकारीले आउने भदौ २० गते २७ औं साधारण सभा विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने योजना बनाएको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।