Butwal Today
टप इन्ड टी-२०

नेपालविरुद्ध १० ओभरमा ३ विकेट गुमाएर मर्दन टेरिटोरीले १०३ रन बनायो

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा मर्दन टेरिटोरी स्ट्राइकर्सले १० ओभरमा ३ विकेट गुमाएर १०३ रन बनाएको छ ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि मर्दन टेरिटोरीले ब्याटिङ सुरु गरेको हो । नेपालका बलर सन्दीप लामिछानेले २ विकेट र रुपेश सिंहले १ विकेट लिए ।

टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत भइरहेको खेलमा घरेलु टोलीका टिआर्सी सर्टले अर्धशतक पूरा गरे । सर्टले ३४ बलमा ५१ रन बनाएपछि सन्दीपको बलमा आउट भए । नेपाललाई पहिलो सफलता रुपेश सिंहले दिलाएका थिए ।