Butwal Today

पाल्पामा भदौ १ गते सार्वजनिक बिदा

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

लमही ३० ,साउन ।

लुम्बिनी प्रदेश सरकारले आगामी भाद्र १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।  प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले बिदा दिने निर्णय गरिएको हो ।

नेपाल र इस्ट इन्डिया कम्पनीबिच वि.सं १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भव्य रूपमा भगवती जात्रा मनाउने गरिएको छ ।