काठमाडौँ ।
आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ९६ हजार दुई सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । हिजो तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँले घट्दै दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले दिएको पछिल्लो विवरण अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण मूल्यमा यस्तो गिरावट आएको हो ।



