© 2026
काठमाडौँ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखिएका त्रुटिहरू सुधार गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
शुक्रबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार उक्त प्रतिवेदन सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।
त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन समेत सचिव राईलाई निर्देशन दिइएको छ ।