ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

अस्ट्रेलियामा जारी ‘टप इन्ड टी-२० सिरिज’मा आज पहिलो खेल खेल्दै नेपाल

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

काठमाडौँ ।

टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आज (साउन ३०) पहिलो खेल खेल्दै छ।

नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग भिड्ने भएको हो।

लगत्तै भोलि अगस्ट १६ मा नेपालले बंगलादेशको ‘ए’ टिमसँग दोस्रो खेल खेल्नेछ।

यसपछि नेपालको तेस्रो खेल अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमी टिमसँग हुनेछ।

सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट १९ मा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

पाँचौ खेलमा नेपाल अगस्ट २० मा मेलबर्न रेनेगेट्सको एकेडेमी टोलीसँग भिड्नेछ।

नेपालले समूह चरणको छैटौँ तथा अन्तिम खेलमा अगस्ट २२ मा पाकिस्तानको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सेमिफाइनल र फाइनल खेल २४ अगस्ट मा हुनेछन्।

जारी टप इन्ड टी-२० सिरिजमा ११ टोलीको सहभागी छन्।

सिरिजमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान सहभागी छन्।

त्यस्तै बिगबास लिग (बीबीएल) का हर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलवर्न स्टार तथा मेलबर्न रेनेगेट्स टोलीका एकेडेमी टोली पनि सहभागी छन्।

त्यस्तै दुई स्थानीय टोली पनि सिरिजमा सहभागी छन्।

सिरिजको उद्घाटन खेल बिहीबार (अगस्ट १४) मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’बीच भएको छ।

सिरिजमा नेपाली टिम रोहित पौडेलको कप्तानीमा छ।

यस्तो छ, नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

आगामी अक्टोबर ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारी क्रममा नेपाली क्रिकेट टोली हाल अस्ट्रेलियामा छ।

यो सिरिज सकेपछि नेपालले लगत्तै अस्ट्रेलियामै ‘प्रिपरेसन सिरिज’अन्तर्गत थप पाँच खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। जसअन्तर्गत नेपालले यही अगस्ट २६ देखि ३० सम्म एसीटी र साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

क्यानका अनुसार यसमा नेपालले अगस्ट २६ मा एसीटीविरुद्ध पहिलो खेल बिहान ५:४५ बजे र दोस्रो खेल बिहान ९:४५ बजे, अगस्ट २८ मा साउथ अस्ट्रेलियाविरुद्ध पहिलो खेल बिहान ५:४५ बजे र दोस्रो खेल बिहान ९:४५ बजे तथा अगस्ट ३० मा ओडी म्याच साउथ अस्ट्रेलियाविरुद्ध नै खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?