ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

उन्नत मेवा खेतीतिर दमकडाका अर्जुन

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

समाचार सारांश


  • अर्जुन घिमिरे पाल्पा जिल्लाको तानसेन नगर दमकडा निवासी हुन् ।

  • अर्जुनले पाल्पा जिल्लामा पहिलो पटक उन्नत जातको मेवा खेती सुरु गरेका छन् ।

  • ५ रोपनी जमिनमा ५०० भन्दा बढी बिरुवा गत वैशाखमा रोपेका छन् ।


 

पाल्पा,३० साउन ।

तानसेन नगर दमकडाका अर्जुन घिमिरे स्नातक तहसम्म अध्ययन गरेका व्यक्ती हुन् । पढाइलाई निरन्तरता दिँदै सरकारी सेवामा प्रवेश गर्न भन्दा व्यापार व्यवसायको लामो अनुभव बटुलेका अर्जुनले यतिखेर पृथक् प्रकृतिको व्यवसायको थालनीसँगै आकर्षणको केन्द्र बनेका छन् ।

व्यवसाय सामान्य साेंच र कल्पना पनि सामान्य राखेका उनले जिल्ला मै पहिलो पटक उन्नत जातको मेवा खेतीको थालनी गरेका छन् । बुटवलदेखि पोखरासम्म बजार लक्षित गरेका उनले ५ रोपनी क्षेत्रफलमा खेती गरेका हुन् । गत वैशाख बाट खेती सञ्चालन गरेका अर्जुनले प्रारम्भिक चरणमा गाउँ बस्ती टोल छिमेकका आफन्त बाट मात्र नभई विदेशमा रहेका साथीहरूबाट समेत तिखो आलोचना सहनु परेको उनको अनुभव रहेको छ ।

कक्षाकोठामा सँगै पढेका होस वा सँगै खेलेका साथीहरू मध्ये आफू मात्र माटोसँग मितेरी गाँसेको बताउँदै आफ्नै विवेक र आफ्नै तजबिजमा पहिलो पटक पाँच सय भन्दा बढी बिरुवा गत वैशाखमा लगाएका अर्जुनले अबको दुई महिना भित्रको समयमा आफ्नो उत्पादन बजार सम्म पुराउने बताउँछन् ।

नयाँ प्रकृतिको व्यवसाय अनुभवको नाम शून्य भए पनि यसका लागि मल बिउ सबै कुरा भारतीय बजारमा निर्भर हुनु पर्दो रहेछ । अदुवा आलु खेतीको समेत अनुभव बटुलेका अर्जुन भन्दछन् । अत्यन्तै संवेदनशील खेती रहेछ । रोग तथा किराले आक्रमण गरी हाल्यो भने जानकारी अर्थात् नियन्त्रणका लागि प्राविधिकको समस्या भएको समेत अनुभव बटुलेका छन् ।

भए पनि मेवाको महत्त्व कम थियो तर पछिल्ला वर्षहरूमा फलफूलपहिले पहिले गाउँ बस्तीमा मेवाका बोट नहुने घर नहुने र मेवा फलफूलको राजा मा सबै भन्दा
कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डे भन्दछन् ।

आफूले अध्ययन गरेको र त्यसको कारण उपचार पद्धतिको बारेमा माथिल्लो निकायमा छलफल भएको यदाकदा मौसम र भूगोलको प्रतिकुलका कारण समस्या उत्पन्न हुन सक्नेछ । अब कुनै जटिल प्रकृतिको समस्या नआउने उनी बताउँछन् ।

पछिल्लो समयमा मेवा खेती आम्दानीको गतिलो माध्यम बन्न पुग्यो । सबै दृष्टि र उपयोगी पनि भएको छ । प्राविधिक सहित यो खेतीलाई जिल्लाकै राम्रो बनाउने तर्फ लाग्ने प्राविधिकहरू बताउँछन् । ५० लाख बराबरको उत्पादन लक्ष्य राखेको अर्जुन भन्दछन् । सिँचाइको व्यवस्था दिगो हुन सकेको छैन ।

सिँचाइको व्यवस्थापन भए आउने वर्षमा थप १० रोपनी क्षेत्रफलमा बिस्तार गर्न दैनिक ५ जना लाई प्रत्यक्ष रूपमा रोजगारको अवसर दिने र अहिले २ जनाले दैनिक रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?