ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

भूमि आयोगको नापजाँचपछि पनि जबरपुरमा ५४ वर्ष पुरानो जमिन विवाद चर्कियो

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

समाचार सारांश


  • करिब ५४ वर्ष पहिले (वि.सं. २०२८ सालदेखि) थारु समुदायका किसानहरूले काँडा झार उखेलेर जंगलको जमिनलाई खेतीयोग्य बनाएका थिए ।

  • पुराना जमिनदार जयराम सिंहका छोरा पुरन सिंह ठकुरीले सो जमिन आफ्नो “छुट जग्गा” भएको भन्दै मालपोत कार्यालयमा उजुरी दिएका छन् ।

  • साबिक विनौना गाविसले वि.सं. २०५६ सालमै जोतभोगको आधारमा स्थानीय किसानको नाममा सिफारिस गरेको प्रमाण छ ।


नेपालगञ्ज, ३० साउन ।

जिल्लाको राप्ती सोनारी–५ जबरपुरको माटो आज कानुनी कागजको युद्ध भूमि बनेको छ । करिब ६ दशक अघि नाङ्गो खुट्टाले काँडा र झार उखेलेर रोपिएको खेत जमिनदारको दाबीपछि कानुनी झमेलामा परेको छ ।

वि.सं. २०२८ सालदेखि खेत जोतेर, पसिना पोखेर र पाखो जमिनलाई हरियो बनाउँदै आएको जबरपुर गाउँको जमिन अनिश्चितताको घेरामा परेको हो । पुराना जमिनदार जयराम सिंहका छोरा पुरन सिंह ठकुरीले “यो मेरो छुट जग्गा हो’’ भनेर मालपोतमा उजुरी दिएपछि, ५४ वर्षदेखि त्यही जमिन जीवन गुथेका किसान मर्कामा परेका हुन् ।

यो ठाउँमा राप्ती सोनारी गाउँपालिका, भूमि आयोगले हालै नाप जाँच र कित्ता काट गरेर निस्सा वितरण गरिसकेको थियो । अझ, २०५६ सालमै साबिक विनौना गाविसले पनि जोतभोगको आधारमा किसानको नाममा जग्गा प्रमाणित गरेको कागजात दिएको थियो । तर, अहिले गाउँपालिका र भूमि आयोगबाट लालपुर्जा वितरणको तयारी भइरहेको बेलामा पुरन सिंहको दाबीले गाउँको वातावरण एकाएक तनावपूर्ण बनाइदियो ।

स्थानीय रामकुमार थारु भन्छन्, “ठकुरी जमिनदारले ३२ वर्षअघि आफ्नो ३२ बिघा नम्बरी जग्गा बेचेर जानुभयो । अहिले आएर हामीले दुःख गरेर उब्जाएको ऐलानी जमिन आफ्नो हो भनेर दाबी गर्नु अन्याय हो ।” उनका अनुसार ठकुरीले दाबी गरेको क्षेत्र पहिलेको जग्गाभन्दा निकै बाहिर पर्छ, जहाँ अहिले एक सय दुई घरधुरी बसोबास गर्छन् ।

अर्का स्थानीय ऋषिराम थारुको स्मरण अझै टड्कारो छ । यो जमिन पुरन सिंहका बुवा जयरामसिंहको मौजा भए पनि, अहिले दाबी गरिएको यो क्षेत्र जंगलाथको थियो । २०२८ सालदेखि थारु समुदायका किसानहरूले मेहनतले खेतीयोग्य बनाएका थिए ।

उनी भन्छन्, “पञ्चायतकालमा म वडा अध्यक्ष हुँदा पनि ठकुरी जमिनदारले आफ्नो छुट जग्गा भनेर सिफारिस लिएर दर्ता गराए, तर मैले मालपोतमै गएर त्यो बदर गराएँ ।” २०४४/०४५ मा पनि सरकारले जग्गा नाप जाँच गर्ने क्रममा जयराम सिंहले आफूले मुद्दा जितेको प्रमाण देखाउँदा नापीले होइन भनेर प्रमाण फालिदिएको घटना सम्झिए ।

स्थानीय किसानले आबादी गरेको जग्गा पटक पटक आफ्नो हो भनेर जयरामसिंहले दाबी गर्दै आएको उनले स्मरण गरे । उनले भने, ‘‘जसले वर्षौँदेखि जोत भोग गर्दै आएको छ उसैको नाममा दर्ता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’’

राप्ती सोनारी –५ का वडा अध्यक्ष झगरु थारुका अनुसार, नेपाल सरकारले १० वर्ष जोतेको जमिन जोत्नेकै नाममा दर्ता गर्ने निर्णय गरेपछि गाउँमा लालपुर्जा वितरणको अन्तिम चरण चलिरहेको थियो । यही समयमा पुरनसिंहले दाबी गर्न आएपछि लालपुर्जा वितरणको कार्य अन्योलमा परेको उनले बताए ।

साबिक विनौना गाविसको वडा नम्बर १ जबरपुरबाट नै अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच सुरु गरेर अहिले सबै गाउँ टोलमा कित्ता काटपछि निस्सा वितरण गरी लालपुर्जा मात्र दिन बाँकी रहेको बताए । “अब कसले पाउँछ, कसले पाउँदैन भन्ने कुरा न्यायालयको निर्णयमा छ,” उनले स्पष्ट पारे ।

तर पुरन सिंह ठकुरीको कथन फरक छ । उनका अनुसार उनका बुवा जयराम सिंहले २०१९/०२० सालमा जग्गा खरिद गर्दा वन क्षेत्र भएको भन्दै मुद्दा चलेको थियो, जुन २०३४ सालमा सुदूरपश्चिम क्षेत्रीय अदालतले उनीहरूको पक्षमा फैसला गरेको हो ।

सोही आधारमा ऐलानी तथा जंगलाथ क्षेत्रमा अझै आफ्नो करिब ८ बिघा ४ कट्ठा, साढे ९ धुर छुट जग्गा रहिरहेको दाबी गर्दै उजुरी दिएको प्रतिक्रिया दिएका छन् । बुवा जयराम सिंहले जग्गा खरिद गर्दाको राजीनामा पत्र र सुदूरपश्चिम क्षेत्रीय अदालतको फैसलाको कागजात आफूसँग सुरक्षित रहेको उनी बताउँछन् ।

यस्तै विक्रम संवत् २०४३ सालमा तत्कालीन प्रधान पञ्च गोर्खु थारुले निज जयराम सिंहको नाममा जग्गा दर्ता गर्दिनु भनेर मालपोतमा सिफारिस गरेको नक्कल समेत सुरक्षित राखेको उनको भनाई छ । आवश्यक परे अझ धेरै प्रमाणहरू जुटाउन सकिने उनी दाबी गर्छन् । “कानुनले जसको पक्षमा फैसला गर्छ, म स्विकार्छु । गाउँका मानिससँग व्यक्तिगत रिस–राग छैन,” ठकुरी भन्छन् ।

हाल, ठकुरीले दाबी गरेको क्षेत्रमा ७१ जना परिवारले वर्षौँदेखि जोत भोग गर्दै आएका छन् । ठकुरीले उजुरी दिएपछि मालपोत कार्यालय बाँकेले ३५ दिने सूचना जारी गर्नासाथ जबरपुरका ती स्थानीय बासिन्दाले आफूले जोत भोग गर्दै आएको जग्गामा ठकुरीको कुनै छुट जग्गा नरहेको भन्दै उजुरीउपर आफ्नो हकदावी गरिसकेको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?