Butwal Today

डेंगु सङ्क्रमणका कारण काठमाडौँकी २४ वर्षीया युवतीको मृत्यु

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

डेंगु सङ्क्रमणका कारण काठमाडौँकी २४ वर्षीया युवतीको मृत्यु भएको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ती युवतीको बुधबार निधन भएको अस्पतालले जनाएको छ ।

कालीमाटी निवासी ती युवतीलाई कुनै दीर्घरोग नदेखिएको भए पनि डेंगु सङ्क्रमण गम्भीर बन्दै गएपछि उपचारका क्रममा ज्यान गएको हो । चिकित्सकका अनुसार उनलाई उपचारका क्रममा ‘सिजर’ (खिचीने अवस्था) देखिएको थियो, जसले अवस्थालाई थप जटिल बनाएको थियो ।

अस्पतालले डेंगुका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न र आत्मोपचार नगर्न आग्रह गरेको छ । हाल काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिएको भन्दै चिकित्सकहरू सतर्क रहन अपिल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?