ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

एसइईको उत्तरपुस्तिका चेकजाँचमा त्रुटी: गणेश ज्ञानज्योतीका प्रसन्न पौडेलले ल्याए चार जीपीए

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

बुटवल, २९ साउन ।

२०८१ सालको एसइई परीक्षाको उत्तर पुस्तिका पुनर्योग गर्दा रुपन्देहीको बुटवल– १५ सेमलारस्थित गणेश ज्ञानज्योती पव्लिक हाइस्कुलका प्रसन्न पौडेलले चार जीपीए ल्याएका छन् ।

यसअघि परीक्षाफल प्रकाशित हुँदा ३.९५ जीपीए आएकोमा उनले चित्त नबुझी रिटोटलिङ (पुनर्योग) गराएका थिए । पुनर्योग गराउँदा उनको चार जीपीए आएपछि उत्तरपुस्तिका चेकजाँचमा गल्ती भएको पुष्टी भएको छ । ३६ जनाले एसइई दिएको गणेश ज्ञानज्योतीबाट ७२ प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको विद्यालयका प्राचार्य कुलराज शर्माले जानकारी दिए ।

एसइईमा चार जीपीए ल्याउने पौडेललाई विद्यालयले बिहीबार एक समारोहका बिच सम्मान गरेको छ । त्यस अवसरमा बोल्ने वक्ताहरुले २०५४ सालमा स्थापना भएको यो विद्यालय सहकार्यको मोडलबाट सञ्चालित भएको र सबैको सहयोग र सहकार्यबाट विद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतीजा हासिल गरिरहेको बताए ।

 कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रैम शर्मा काफ्लेले विद्यालयको शैक्षिक वातावरण राम्रो रहेको र सबै क्षेत्रको साथ रहेकाले अहिलेको अवस्थासम्म आइपुगेको बताए ।

विद्यालयका प्राचार्य कुलराज काफ्लेले यस विद्यालयका सातजना विद्यार्थीले नेपाल सरकारका चिकित्सा शास्त्र, इन्जिनियरिङ र वन विज्ञान अध्ययन संस्थानको २०८०÷८१ को राष्ट्रिय प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको भन्दै विद्यालयमा बालमैत्री वातावरणका साथ अध्यापन गराउने गरिएको बताए ।

चार जीपीए ल्याएका प्रसन्न पौडेलका हजुरबुबा गोविन्द पौडेलले विद्यालय, परिवार र शिक्षकको सामूहिक प्रयासले यो नतीजा हासिल भएको भन्दै यसका लागि सबैलाई धन्यवाद दिए ।

विद्यार्थी प्रसन्न पौडेलले विद्यालयमा विद्यार्थीमैत्री वातावरण रहेको भन्दै घरपरिवार र विद्यालय र आफ्नो सामूहिक मेहनतले जीपीए चार ल्याउन सफल भएको बताए ।

त्यस अवसरमा विद्यालयका भूपू अभिभावक चुरामणि पौडेल, समाजसेवी पिताम्वर खरेल, सहायक प्रधानाध्यापक डोलराज अर्याल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । यो विद्यालयबाट यसअघि पनि खुसी सापकोटा, सुमित उपाध्याय, विनोद पोख्रेल र सविना थापाले पनि एसइईमा चार जीपीए ल्याएको शिक्षक लेखनाथ पौडेलले जानकारी दिए ।

चार जीपीए हासिल गर्ने प्रसन्न पौडेललाई विद्यालयले बिहीबार एक समारोहका बिच सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?