© २०२३
काठमाडौं ।
रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहका अनुसार, दिउँसो करिब २ बजे बा ४ ख ८४३५ नम्बरको बस पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर १२ जना यात्रु घाइते भएका छन् भने तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशुली पठाइएको इन्स्पेक्टर शाहले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।