© २०२३
काठमाडौं ।
टप एन्ड टी–२० शृङ्खलामा सहभागी हुन अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले उक्त शृङ्खलापछि थप पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अस्ट्रेलियाका स्थानीय क्लबसँग ४ वटा टी–२० र १ एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
क्यानले जनाएअनुसार नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलहरू आगामी अगस्ट २६ देखि ३० तारिखसम्म हुनेछन् ।
अगस्ट ২৬ मा नेपालले क्रिकेट एसीटीसँग एउटै दिन दुईवटा टी–२० खेल, अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग पनि दुईवटा टी–२० खेल, र अन्तिममा अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम तय गरिएको छ ।
यसैबीच, टप एन्ड टी–२० शृङ्खला आजबाट सुरू हुँदैछ। नेपालले आफ्नो पहिलो खेल भोलि खेल्नेछ ।