ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

जिन्दगी होस त प्रिय  जिन्दगी जस्तो…….

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार
जिन्दगीलाई प्रिय जिन्दगी बनाउनका लागि विभिन्न पक्षमा ध्यान दिनुपर्छ । यो केवल भौतिक सुख सुविधामा मात्र सीमित नभई जीवन शैली, मानसिक शान्ति र व्यक्तिगत सन्तुष्टिमा पनि निर्भर गर्दछ । जीवनलाई सहज र सरल बनाउनका लागि केही आधारभूत सूत्रहरू अपनाउन सकिन्छ। यसमा धेरै महत्त्वाकाङ्क्षी नबन्ने, अनावश्यक खर्च नगर्ने, तडकभडकबाट बच्ने र खराब बानीहरू त्याग्ने जस्ता कुराहरू पर्दछन् ।
आफ्नो जीवन शैलीमा क्रमिक परिवर्तन ल्याउनु महत्त्वपूर्ण हुन्छ । कुनै पनि कुराको नतिजा तुरुन्तै प्राप्त हुँदैन, त्यसैले धैर्यता आवश्यक पर्छ । आफ्नो जीवन शैली बदल्न समय लाग्छ र यो क्रमिक प्रक्रिया हो । यसको सुरुवात डायरी लेखनबाट गर्न सकिन्छ, जहाँ के कुरा बदल्नु पर्नेछ, के त्याग्नु पर्नेछ र के आर्जन गर्नु पर्नेछ भन्ने कुरा लेख्न सकिन्छ। यसरी प्राथमिकता निर्धारण गरी आफूलाई परिवर्तन गर्न सकिन्छ ।
अनावश्यक कुराहरूबाट छुटकारा पाउनु पनि जीवनलाई सरल बनाउने एउटा तरिका हो । जीवनमा खासै जरुरी नहुने अनावश्यक काम, लुगाफाटो, किनमेल, गफ गाफ, अरूको चियोचर्चा र चासोबाट आफूलाई टाढा राख्नुपर्छ । घरका भौतिक चिजबिज होस् वा आनीबानी, जुन कुरा काम लाग्दैन, त्यसलाई हटाउनुपर्छ ।
आफूसँग भएका कुराहरूको अधिकतम प्रयोग गर्नु बुद्धिमानी हुन्छ । कुनै पनि कुरालाई त्यत्तिकै नछोडी अन्तिम अवस्था सम्म त्यसको सदुपयोग गर्नुपर्छ । उदाहरणका लागि, फाटेका लुगा सिलाएर लगाउन सकिन्छ वा फुटेका भाँडावर्तनलाई गमला वा अन्य वस्तुको रूपमा प्रयोग गर्न सकिन्छ ।
बजारमा सामानहरू किनमेल गर्दा पनि सोच विचार पुर्‍याउनु आवश्यक छ । हामीले जीवनमा धेरै यस्ता कुराहरू खरिद गर्छौँ, जसले खास फाइदा गर्दैन वा हाम्रो जीवनमा खासै प्रयोगमा  आउँदैनन् । अनावश्यक कुराहरू खरिद गर्नुको सट्टा आवश्यक र महत्त्वपूर्ण कुराहरू मात्र खरिद गर्नुपर्छ । जति धेरै खर्च घट्छ, त्यति नै जीवन सहज हुन्छ ।
व्यवस्थित रहनु पनि प्रिय जिन्दगी को लागि अपरिहार्य छ । प्रायः हामी हतारमा हुन्छौँ र हाम्रो दैनिकी अस्तव्यस्त हुन्छ । आफ्नो जीवनका लागि कुशल व्यवस्थापक बन्नु जरुरी छ । लुगाफाटो, सरसामानदेखि समय सम्मको उचित व्यवस्थापन गर्नुपर्छ । आफूलाई जरुरी कुराहरू सुरक्षित राख्ने र जरुरी कामहरू समयमै सम्पन्न गर्ने जस्ता कार्यले हामीलाई व्यवस्थित बनाउँछ ।
प्रिय जिन्दगी को अर्को महत्त्वपूर्ण अवधारणा भनेको आत्म(प्रेम हो, जसलाई ुसेल्फ(लभु पनि भनिन्छ, जसले व्यक्तिलाई आफ्नो जीवनमा सन्तुलन, आत्मविश्वास, र खुशी प्राप्त गर्न मद्दत गर्छ । यो अरूलाई प्रेम गर्नु जत्तिकै महत्त्वपूर्ण छ, तर प्रायः यसलाई बेवास्ता गरिन्छ वा यसलाई स्वार्थी मानिन्छ।
वास्तवमा, आत्म(प्रेमले व्यक्तिलाई अरूसँगको सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्छ र जीवनलाई सही दिशामा लैजान्छ । आफ्ना उपलब्धिहरू साथीभाईहरूसँग बाँडेर वा आफैँलाई श्रेय दिएर खुशी मनाउनुपर्छ । आत्म(प्रेमको एक तरिका आफैँमा विश्वास गर्नु हो । आफ्नो मान्यतामा दृढ रहनुपर्छ र आफूलाई राम्रो लाग्ने काम गर्नुपर्छ । आत्मविश्वासले अरूलाई पनि आफूमाथि विश्वास गर्न प्रेरित गर्छ । आफ्नो ख्याल राख्नु आत्म(प्रेमको आधारभूत पक्ष हो ।यसले आफूले चाहे जसरी जीवन जिउने कला सिकाउँछ ।
समग्रमा, सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर र कसैलाई पनि हानी नगर , भन्ने भनाइलाई आत्मसाथ गर्दै  भौतिकवादी सोचबाट माथि उठेर मानसिक शान्ति, सन्तुष्टि र व्यवस्थित जीवनशैलीमा ध्यान दिँदा जीवनलाई प्रिय जिन्दगी बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?