© २०२३
काठमाडौं ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले पूर्वाधार र शैक्षिक मापदण्डको आधारमा सिट संख्यामा वृद्धि गर्ने निर्णय लिएको हो।
यस निर्णय अनुसार, एमबीबीएसमा पहिले तोकिएको १०० सिटलाई बढाएर १३० पुर्याइएको छ भने बीडीएस (दन्त चिकित्सा) मा ५० सिटलाई बढाएर ६० पुर्याउने सहमति गरिएको छ।
बैठकमा सहभागी एक सदस्यका अनुसार, मापदण्ड पूरा गरेका कलेजहरूलाई सम्बन्धित मूल्याङ्कनको आधारमा सिट तोकिनेछ। ‘‘मापदण्ड पूरा गरेका कलेजका हकमा मापदण्डअनुसार नै सिट संख्या तोकिने निर्णय भएको हो,’’ ती सदस्यले जानकारी दिए।
अहिलेसम्मका जानकारीअनुसार, बिराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस (भरतपुर) ले अधिकतम १३० सिट पाएका छन्। पोखरास्थित मणिपाल शिक्षण अस्पताल ले १२० सिट पाएको छ।
यता चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी ले मेडिकल कलेजहरूको सिट र शुल्क वृद्धि नगर्न बारम्बार चेतावनी दिँदै आएका छन्। उनी लामो समयदेखि चिकित्सा शिक्षामा पारदर्शिता, गुणस्तर र पहुँचको सुनिश्चितताका लागि अभियानरत छन्। सिट संख्या वृद्धि भएपछि अब मेडिकल कलेजमा भर्ना प्रतिस्पर्धा झनै बढ्ने अनुमान गरिएको छ।