© २०२३
गुल्मी, २९ साउन ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर निरन्तर रुपमा वर्षा भैरहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयद्वारा जारी सूचनामा “बाँचौ र बँचाऔं, समन्वय र सहयोग गरौं” भन्र्दैै आगामी केही दिन अझै भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो ।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न, खोला तथा नदी किनारमा दाउरा निकाल्ने, माछा मार्न जाने, जस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले वर्षादको समयमा जिल्लाका सम्भावित जोखिमयुक्त स्थानमा वसोवास गर्ने नागरिकलाइ उच्च सतर्कता अपनाउन आग्रह गरेका छन । उनले वर्षायाममा अनावश्यक जोखिम नलिन, सुरक्षित स्थानमा बस्न र आवश्यक पूर्वतयारी गर्न जिल्लावासी अपिल गरेका छन् ।
प्रशासनले यदि आपतकालीन अवस्थामा आईपरेमा तत्काल नजिकैको स्थानीय सुरक्षाकर्मी तथा सम्बन्धित निकायमा खबर गर्न र सम्पर्कमा रहन समेत आग्रह गरेको छ ।