© २०२३
काठमाण्डौ, २९ साउन ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली विषयको पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ ।
‘बोध र अभिव्यक्ति’ खण्ड अन्तर्गतको अभ्यास १३ मा समावेश गरिएको गीत “यसपाली त मनै फाट्यो, केले सिउने, केले टाल्ने……” का रचनाकार अम्बर गुरुङ भनी उल्लेख गरिएको थियो । तर उक्त गीतका रचनाकारको विषयमा थप अनुसन्धान गर्दा गीतको रचना राजेन्द्र थापाले गरेको पुष्टि भएको पाठ्यक्रम विकास केन्द्रले निकालेको सूचनामा उल्लेख छ ।
यसअनुसार पाठ्यपुस्तकमा सम्बन्धित अंश संशोधन गरिसकिएको र अद्यावधिक सामग्रीका आधारमा शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्न केन्द्रले सम्पूर्ण शैक्षिक संस्थाहरूलाई आग्रह गरेको छ ।
