© २०२३
समाचार सारांश
असार १५ भित्र सम्पन्न गर्नुपर्ने काम सम्झौताको म्याद सकिएपछि करिब १५ दिन ढिलो गरेर मात्रै सुरु गरिएको हो ।
वर्षातको प्रतिकूल मौसममा पनि स्थानीय सरकारको दबाबपछि निर्माण कम्पनीले काम गर्न थालेको हो ।
समयमै काम नगरेपछि तानसेन नगरपालिकाले रूपन्देहीको रामदेवी डिजाइन एन्ड विल्डर्स कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको थियो ।
पाल्पा, २९ साउन ।
तानसेन नगर सरकारसँग ठेक्का सम्झौता भएको एक निर्माण कम्पनीले म्याद सकिएको १५ दिनपछि कार्यरम्भ गरेको छ । गत असार १५ गते सडक मर्मतको काम सकी सक्नुपर्ने गरी भएको सम्झौता म्याद सकिएपछि काम सुरु भएको हो ।
सङ्घीय सरकारको सडक बोर्ड मार्फत नगर सरकारलाई सडक मर्मतका लागि प्राप्त बजेट ठेक्का सम्झौता गरेको निर्माण कम्पनी समय अवधि अगाडि नै लिखित र मौखिक रूपमा ताकेता गर्दा सम्म स्थानीय सरकारको दबाबका कारण निर्माण कम्पनीले वर्षादको समयमा पनि सम्झौता अनुरूपको काम गरेको हो ।
उक्किएको ठाउँमा कालोपत्रे गर्नका लागि ९९ लाख १६ हजार ७ सय ५५ रुपैयाँमा रुपन्देहीको रामदेवी डिजाइन एन्ड विल्डर्सले ठेक्का सम्झौता गरेको र समयमा काम नगरेका कारण नगर सरकारले कालो सुचीमा राख्ने तयारी गर्दा दण्ड जरिवाना तिराउँदै काम गराएको हो ।
वर्षादको समय भयो समयमा काम भएन सडक मर्मत नहुँदा दुर्घटनाको सम्भावना बढेको थियो भने नगर सरकारले सर्वसाधारणको आलोचना सहनु परेको भए पनि निर्माण कम्पनीलाई कालो सुचीमा नराखी म्याद थप गरी काम गराएको प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले बताए ।
नगर सरकारको कार्य पालिकाको बैठक बाट म्याद थपियो । गुणस्तर कम भए निर्माण कम्पनीको धरौटी बापतको रकम बाट पनि काम गराउन सकिने प्राविधिकहरू बताउँछन् । नगर सरकारका इन्जिनियर शिव शर्मा भन्दछन् अघिल्लो वर्षको चैत २ गते ठेक्का सम्झौता भएको थियो ।
समयमा काम गराउनका लागि समयमा काम गराउनका लागि पटक पटक लिखित र मौखिक रूपमा ताकेता गराउँदा पनि ठेक्का सम्झौता पछि निर्माण कम्पनी सम्पर्कमा नै आएको थिएन । प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको पहलका कारण सम्पर्कमा आएको हो ।
तानसेन यतिखेर जात्रामय भएका छ जात्राका समयमा बजारमा सवारीका साधन सँगै पैदल यात्रुको चाप बढ्ने भएका कारण दुर्घटना निम्ताउने बढी सम्भावना भएकाले स्थानीय प्रशासनले नै निर्माण कम्पनीलाई दबाबको वातावरण सिर्जना गरी काम गराएको स्थानीय प्रशासनले जनाएको छ ।
कम विलोमा ठेक्का पार्ने काम नगर्ने यो निर्माण कम्पनीले बासटारी झडेवा खण्डको सडक बासटारी खण्डमा काम अलपत्र अवस्थामा छाडेको स्थानीयहरू बताउँछन् । कामलाई गुणस्तरलाई ध्यानमा नराख्दाका कारण लामो समय देखि अलपत्र अवस्थामा रहेको स्थानीय भरत थापाले बताए ।
बासटारी सडक खण्डमा सडक कालोपत्रे गर्दा प्रयोग भएका निर्माण सामाग्री गुणस्तर हीन भएका कारण कालो पत्रे गर्ने काम रोकिएको हो । निर्माण व्यवसायीले अलकत्रा राख्नु भन्दा पहिला सडकमा राखिने वेश कमसल खालको प्रयोग गरेका कारण काम रोकिएको प्राविधिकहरू बताउँछन् । गत आर्थिक वर्षमा निर्माण व्यवसायीका कारण जिल्लामा १० स्थानीय निकाय मध्य सबै भन्दा कमजोर वित्तीय प्रगति भएको थियो ।