ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोधको भाष्य जबरजस्ती बनाइँदै छ : प्रधानमन्त्री ओली

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

काठमाडौं, २८ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राज्यले कसैलाई राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिरहेको भन्ने आरोपलाई अस्वीकार गर्दै त्यसप्रति कडा आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो धारणा स्थापित गर्न खोजिनु “जबरजस्त गलत भाष्य” भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अदालतको आदेशअनुसार थुप्रै व्यक्ति – जसमा पूर्वमन्त्री, पूर्वसांसद, बहालवाल मेयरहरूसमेत – थुनामा रहेको जानकारी गराउँदै यस्तो प्रश्न उठाए, “एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने अरु थुनामा रहेका व्यक्तिहरूमाथि के भएको हो ?” उनले थपे, “सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका छन् – त्यो पनि सरकारले नै गरेर हो त ?”

उनको भनाइमा, सहकारीमा भएको अर्बौंको अपचलनमा संलग्न भएकाहरूविरुद्ध न्यायिक प्रक्रिया अघि बढिरहेको हो, र त्यसलाई “राजनीतिक प्रतिशोध” को नाम दिएर न्यायको हत्या गर्न खोजिएको छ । उनले भिडमार्फत न्यायमाथि दबाब सिर्जना गरी अभियोगबाट उम्कन खोज्ने प्रवृत्ति प्रति पनि गम्भीर चिन्ता व्यक्त गरे ।

“भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्नेछौं,” प्रधानमन्त्री ओलीले भने, “यस्ताका पछि लाग्ने भिड अचम्मको मात्रै होइन, दया लाग्दो पनि छ।”

प्रधानमन्त्रीका अनुसार, सहकारी ठगीमा मुछिएका सयौं व्यक्तिविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । अदालतले प्रमाणका आधारमा दर्जनौं व्यक्तिलाई थुनामा पठाएको हुँदा त्यो प्रक्रिया राजनीतिक बदला नभई कानुनी प्रक्रिया भएको उनले स्पष्ट पारे ।

अन्त्यमा, प्रधानमन्त्री ओलीले कुनै एक व्यक्तिलाई केन्द्र बनाएर “राजनीतिक प्रतिशोध” को कुरा उठाउनु न्यायपालिकामाथि अविश्वास देखाउने काम भएको बताए । अदालतको निर्णयलाई नै राजनीति भनिनु लोकतान्त्रिक प्रणालीमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?