© 2026
गुल्मी, २८ साउन ।
माछा पोखरीमा डुबेर गुल्मीमा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका ‐ ८ रजालीटोल बस्ने ४५ वर्षीय तुल्सी बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चन्द्रकोट गाउँपालिका ‐ ८ रामपुर स्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछा पालन गर्दै आएको पोखरीको डिलमा मंगलबार बेलुकीपख पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयहरुले प्रहरीमा खबर गरेका थिए ।
उक्त घटनाको जानकारी प्राप्त भएपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश क्याम्पबाट प्रहरी सहायक निरीक्षक विकास परियारको नेतृत्वमा गएको दश जना र प्रहरी चौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक शिवधन कुडहरियाको नेतृत्वमा गएको पाँच जनाको संयुक्त टोलीले खत्रीको शव डुबेको अवस्थामा पोखरीबाट बाहिर निकालेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली गए राती नै घटना स्थल पुगिसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।