© २०२३
काठमाडौं ।
बुधबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ विन्दुमा झरेको छ। कारोबारको क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म उक्लिए पनि त्यसपछि बजार ओरालो लाग्दै अन्तिमसम्म कमजोर देखिएको हो।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडमा झरेको छ। ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर छ।
सेयर बजारका अधिकांश समूहका सूचकहरू १ प्रतिशतभित्रको उतारचढावमा सीमित भए पनि व्यापार समूह सबैभन्दा धेरै १.५० प्रतिशतले घट्यो। बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ र निर्जीवन बीमा ०.२७ प्रतिशतले घटेका छन्।
विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य समूह ०.०३ प्रतिशतले भने वृद्धि भएको छ।
मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढ्यो। नेपाल रिपब्लिक मिडिया ३.६६, सप्तकोशी विकास बैंक ३.३३ र समाज लघुवित्त ३.३१ प्रतिशतले उक्लिए।
सिक्लेस हाइड्रोपावरको मूल्य ७.२२ प्रतिशतले घटेर सबैभन्दा कमजोर प्रदर्शन देखिएको हो। बलेफी हाइड्रोपावर ३.४५ र उपकार लघुवित्त २.८२ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।