ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

रोकौँ धर्मको आडमा गरिने दुव्र्यवहार

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

केही मानिसहरू धर्मको वारेमा निकै चर्का कुरा गर्छन् । यसले यो धर्म मान्यो उसले त्यो धर्म मान्यो भनेर कहिले निम्न स्तरका कुरा समेत गर्छन । कसैले धर्म सापेक्ष या निरपेक्ष आपसमा वहस गर्न चाहन्छन् । सापेक्ष सही हो या निरपेक्ष सही हो ? यस्ता कुरामा निकै वहस र छलफल चल्ने गर्छ । धर्म कसले कुन मान्नुपर्ने र कसले कुन मान्नुपर्ने ? यो कतै तोकिएको वा निर्धारण गरिएको हुँदैन ।

चुच्चे नाकले यस्तो मान्ने र खैरो कपालले उस्तो मान्नुपर्ने यस्ता कुरा पनि कतै उल्लेख छैन । स्थान अनुसार सनातन वा परम्परादेखि मान्दै आएको धर्म धेरैले अवलम्वन गरेको देखिन्छ भने केहीले धर्म परिवर्तन गरेको पनि देखिन्छ । कतै कतै धर्म परिवर्तन गराउने प्रयास गरेको पनि सुनिन्छ । धर्म भनेको नैतिक जीवनको एउटा आधार हो । जसले हर क्षण व्यक्तिलाई र उसको आत्मालाई साथै समाजलाई सन्तुलनमा राख्न सहयोग गर्दछ । धर्म एउटा नियम हो ।

यही नियम पालन गरेर उसले आफूलाई सन्तुलनमा राख्न सक्दछ । यसले व्यक्तिलाई र समाजलाई आचरणमा रहन सिकाउँछ । सदाचारमा जोड दिन्छ । सहयोगी भावनको विकास गराउँछ । मानवीय सिद्धान्तको पाठ सिकाउँछ । यो हो धर्मको मूलभूत सिद्धान्त । धर्मलाई कुनै कसैले इश्वरले प्रतिपादन गरेको मान्दछन् भने कसैले कुनै महापुरुषले चलाएको मत वा प्रतिपादन गरेको विचार समेत मान्दछन् । धर्मलाई व्यक्तिमा निहित सद्गुण पनि मान्ने गरिन्छ ।

धर्मको पालना गर्नेहरू सदुगुणी हुन्छन् भनिन्छ । कुन धर्मले कसलाई कस्तो आचरण गर्न भनेको छ, त्यसकै आधारबाट आचरण गर्नु उसको नियम हो । यसैले धर्म पालना गर्नेहरू सद्गुणी हुन्छन् भनिएको हो ।

हामीले धर्म सापेक्ष र निरपेक्षको कुरा खुबै सुनेका छौँ । धर्म सापेक्ष र निरपेक्ष व्यक्तिले पालना गरेको धर्मको कुरा होइन, राज्यको धर्मको कुराको वहस हो तर यहाँ अपव्याख्या गरेर व्यक्तिमा लगेर जोडने गरिन्छ । राज्यले यो धर्म मान्ने भन्ने हुँदैन ।

किनभने त्यो मुलुकमा बस्ने नागरिकहरू अनेक हुन्छन् । विभिन्न धर्ममा आस्था राख्न सक्छन् । हर व्यक्ति धर्म अवलम्वन गर्नका निम्ति स्वतन्त्र हुन्छ भने राज्यलाई धर्म सापेक्षमा लगेर किन जोडने गरिन्छ ? एउटै जात जाति वा परिवार भित्र पनि फरक धर्म मान्न सक्ने सदस्य हुनसक्छन् ।

धेरै स्थानमा यस्तो नहोला तर कतै त अवश्य पनि पाइन्छ । कसैलाई पनि तपाईले यो धर्म मान्नु पर्दछ भनेर भन्न सकिदैन र भन्न पनि हुँदैन । कसैले कुन धर्मबाट केही प्राप्ति गर्ने कुरा सोंचेको हुन्छ भने त्यो मार्गबाट अर्काेले प्राप्त नहुने कुरा सोंचेको पनि हुन सक्छ ।

हामीेले धर्मबाट मोक्षको कुरा गर्छौं तर आजसम्म कोही पनि मोक्ष भएको थाहा छैन, देखिएको पनि छैन । यो त एक प्रकारको विश्वास हो । उसले गरेको विश्वासमा कुठाराघात गर्न उचित हुँदैन । उसलाई त्यसैमा विश्वास छ भने बलपूर्वक हुँदैन भनेर किन भन्ने ? सहज ढंगले उसको मन जित्न सक्नुपर्दछ ।

उसको चित्त बुझाउने तर्क गर्नुपर्दछ । तर, विश्वास फेर्नका निम्ति अलिक कठिन भने हुन्छ । कसैले त स्वर्ग प्राप्तिको कुरा सुनेको छ र त्यसमा विश्वास गरेको छ भने उसले त्यसैबाट आनन्द प्राप्त गर्दछ । होइन भन्नका लागि तथ्यगत प्रमाण पेश गर्नुपर्दछ ।

राज्यले धर्म सापेक्षताको कुरा गर्ने हो भने त्यस मुलुकमा वस्ने अरू नागरिकले मान्दै आएका विभिन्न अन्य धर्मको स्थान के हुने ? कसरी अन्य धर्मलाई सम्मान गर्न सकिन्छ ? सबै धर्मलाई सम्मान दिनु धर्म निरपेक्षता हो । यसवारेमा ध्यान दिनु पर्दैन ? हरेक व्यक्तिको आफ्नो धर्म हुन्छ ।

कसै कसैले म धर्म मान्दैन भन्यो भने त्यो विश्वास गर्ने कुरा हुँदैन । सबै धर्मलाई उत्तिकै सम्मान गर्नेहरू पनि छन् । सबै धर्मलाई सम्मान गर्न पाइन्छ र गर्नुपर्दछ । तर सबै धर्ममा विश्वास नभएपनि एउटा धर्ममा बढ्ता विश्वास त हुन्छ नै ।

जव धर्मले मानिसलाई एउटा नियममा राख्न सघाउँछ भने किन धर्म धारण नगर्ने ? कुनैपनि धर्म धारण गर्नु कुनैपनि अपराध होइन । हामीले सुनेका छौं– कसै कसैले यो धर्म पनि मान्दैनौं त्यो धर्म पनि मान्दैनौं भनेको । तर कुनै न कुनै धर्मसंग उनीहरू जोडिएका हुन्छन् । किनकी हाम्रो परम्परा भनेको यही हो । झिनो आशा वा समर्थन त कतै न कतै कुनै न कुनै धर्ममा अवश्य हुन्छ नै ।

वास्तवमा धर्मको आडमा कसैलाई होच्याउन पाइदैन । कसैप्रति दुव्र्यवहार गर्न पाइदैन । धर्मको नाममा अन्याय अत्याचार, शोषण दमन वा अपमान गर्न पाइदैन । आफूले अंगीकार गरेको मात्र सही हो भनेर अवब्याख्या गर्नुपनि हुँदैन । सबै धर्मको उत्तिकै महत्व छ । एउटा धर्मले मात्र मोक्ष दिन्छ यो पनि होइन ।

मोक्ष दिन्छन भने सबै धर्मले दिन्छन् । दिदैनन् भने कुनैले पनि दिंदैनन् । सबै धर्म उत्तिकै महत्वका हुने भएको हुनाले एकले अर्कालाई सम्मान गर्नु अति असल हुनेछ । हामीले कतै कतै धर्म भनेको अफिम हो भन्ने पनि सुनेको छौं । त्यसको तात्पर्य के हो भने धर्मको नाममा ठूला ठूला ठगीहरू भएका छन् ।

ठगी मात्र नभएर धर्मका नाममा जघन्य अपराध भएका छन् । अनि यसैका नाममा समय समयमा आपसी द्वन्द्वसमेत भएका छन् । यसो हुनुहुँदैन । हामीले वेमेलका कुरा होइन एकताका कुरा गर्न सिक्नुपर्दछ । जुनसुकै धर्म भएपनि एकले अर्काको सम्मान गर्न र अर्काको धर्मप्रति सहिष्णु बन्न जान्नुपर्दछ ।

धर्मको आडमा गरिने जस्तोसुकै घटना पनि सैह्य हुँदैन । यसले समाजमा वेमेल सिर्जना गर्दछ । हामीले धर्मका नाममा कसैप्रति बेमेल सिर्जना गर्ने काम गर्नु हुँदैन । कसैको भक्ति गानका निम्ति धर्म सापेक्षको चर्को कुरा गर्न पनि आवश्यक छैन । मृत संस्था व्यूँताउँने निहूँमा राज्यले अंगीकार गरेको र संविधानले बोलेको धर्म निरपेक्षको कुरालाई अपब्याख्या गरेर यो धर्म र उ धर्मको नाम दिनुपर्छ भन्नु धर्मको आडमा राजनीति गर्न चाहेको मात्र हो भन्ने बुझ्नुपर्दछ ।

धर्म भनेको आपसमा द्वन्द्व निम्त्याउने कुरा होइन । आपसी सद्भाव कायम गर्ने र सहिष्णुता कायम गर्ने खालको हुनु पर्दछ । धर्म भित्र पनि आफ्नै नियम छन् । यिनै निमयलाई दृढतापूर्वक अंगीकार गरेर अगाडि बढनु धार्मिक सहिष्णुता हो । आपसमा मित्रता कायम गरेर समाजमा बस्नु राम्रो होला कि आपसी तिक्तता ओकलेर बस्नु राम्रो होला ? यो हरेक नागरिकले जान्नु पर्ने र बुझ्नु पर्ने विषय हो ।

कसैले भनिहाल्यो भनेर लहैलहैमा लाग्ने होइन । कौवाले कान लग्यो भनेर कसैले भन्यो भने कौवाको पछाडि दौडने होइन आफ्नो कान समाउनु उचित हुन्छ । कतिपय मानिसहरू कौवाको पछाडि दौडिएको जस्तै गरेर दौडिएको देखिएको छ । यो जीवनलाई धोखा दिने कुरा हो ।

मानिस सचेत प्राणी भएको हुनाले मुलुकमा अस्थिरता ल्याउने कुरामा सचेत हुनुपर्दछ । सचेत मनले मात्र धर्म सापेक्षता कि धर्म निरपेक्षता भन्ने कुराको विभेद जान्न सक्दछ । यसैले धर्मको आडमा गरिने कुनैपनि दुष्कार्यले कसैको पनि हित गर्दैन । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?