ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जलवायु प्रदूषण न्यूनीकरणमा साझा प्रयास आवश्यक : सरोकारवाला

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

नवलपरासी,पश्चिम्  ।

जलवायु परिवर्तन प्रत्यक्ष वा परोक्ष रूपमा मानवीय क्रियाकलापहरूसँग जोडिएको छ । यसले, विश्व पर्यावरणको बनोटलाई समेत परिवर्तन गरिरहेको छ । पछिल्लो समय यसको प्रभाव नेपालमा पनि व्याप्त देखिएकाले एक कार्यक्रममा सरोकारवालाहरूले यस प्रति चिन्ता व्यक्त गरेका छन् ।

सुस्ता गाउँपालिकाको सहयोग,रेडक्रस सोसाइटी जिल्ला शाखा र परासी प्रेस क्लबको समन्वयमा सुस्ता ९१ मा आयोजित वायु प्रदूषणको सङ्कट र हाम्रो साझा दायित्व विषय संवाद कार्यक्रममा सरोकारवालाहरूले चासो व्यक्त गरेका हुन ।

मूलतः घरको भान्सा देखि नै वायु प्रदूषणको सुरुवात हुने औँल्याउँदै नागरिकमा देखिने विभिन्न रोगको एउटा कारण नै वायु प्रदूषण रहेको समेत ठम्याइएको छ ।

झन्डै ९९ प्रतिशत मानिसहरू दूषित हावामा बस्ने र नेपालमा झन्डै ४२ हजार मानिसहरूको मृत्युको कारण वायु प्रदूषण सँग जोडिएको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको छ । २.५ भन्दा बढी पिएस् भएको हावालाई दूषित मान्ने गरिन्छ ।

अहिले जलवायु परिवर्तन कुनै खास क्षेत्र वा स्थान विशेषको मात्र समस्या नभएर २१औँ शताब्दीको साझा वैश्विक समस्या  र चुनौती भएको छ ।

कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जलवायु प्रदूषण न्यूनीकरणका लागि पालिका स्तरबाट पनि जनचेतनामूलक कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिए।

सहर सँगै ग्रामीण क्षेत्रमा पनि विभिन्न कारणले प्रदूषण बढ्ने भएकाले त्यसतर्फ सबै सजग र सचेत हुनु पर्नेमा जोड दिनु भयो ।तराई क्षेत्रमा गहुँ,धान जस्ता बाली थन्क्याइसकेपछि खेतमा आगो लगाउने प्रचलन रहेकाले समेत यसले वायु प्रदूषण हुने गरेको छ ।

यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको कार्यक्रममा औँल्याइएको छ । नागरिकलाई यस विषयमा सचेत गराइएको उपाध्यायले बताए । प्रदूषण न्यूनीकरण र सरसफाइका लागि प्रत्येक वडामा डम्पिङ साइड निर्माणको प्रयासमा गाउँपालिका रहेको उहाँको भनाई छ ।

कतिपय कानुन अभाव र भएका केही कानुन पनि बाझिएकाले थप कठिनाइ हुने गरेको उनको भनाई छ । ग्रामीण क्षेत्रमा रहेका चिनी उद्योग,सिमेन्ट उद्योग,इँटा उद्योग विभिन्न फ्याक्ट्रीहरू लगायतले वायु प्रदूषण गरिरहेका छन् ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले प्रदूषण नियन्त्रणका लागि स्थानीय तह नै जागरूक हुनु पर्ने बताएका छन् ।यसले जनस्वास्थ्यमा गम्भीर असर परेपनी दीर्घकालीन रूपमा समाधान आवश्यक रहेको छ ।

उद्योग कलकारखाना स्थापनामा उचित रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिनु पर्ने र सबै सरोकारवालाहरूलाई जागरूक बनाइनु पर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा सहजीकरण गर्दै रेडक्रस सोसाइटी मार्फत जलवायु परिवर्तन सम्बन्धी परियोजनाका संयोजक अनुप खड्काले सहभागीहरूलाई प्रदूषण न्यूनीकरणका विषय र यसबाट जनस्वास्थ्य माथि पर्ने असरका बारेमा  जानकारी गराउनु भएको छ ।

जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन स्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा  समेत निकै नकारात्मक प्रभाव परिरहेको देखिन्छ ।

रेडक्रसका जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरीले सञ्चार माध्यमले यस्ता विषयहरूलाई आम जनमानसमा पुर्‍याउन थप भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालमा जलवायु परिवर्तनले पारेका असर, जलवायु परिवर्तनसँग जुध्ने तरिका र न्यूनीकरणका उपायहरूका बारेमा अभिमुखीकरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?