Butwal Today

गुल्मीले झन्डै दुई महिनामा प्रजिअ पायो

२८ श्रावण २०८२, बुधबार
अ+
अ-

गुल्मी, २८ साउन ।

झन्डै दुई महिनामा गुल्मी जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको छ । प्रमुख जिल्ला अधिकारीमा बिष्णुप्रसाद कोइराला गुल्मी आइपुगेका हुन् ।  तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम गत असार ८ गते सरुवा भएपछि लामो समय निमित्त प्रमुख जिल्ला अधिकारी अरिप्रसाद गैरेले कार्यालयको कामकाज गर्दै आएका थिए ।

करिब दुई महिनापछि कोइराला साउन २६ गते प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्लामा हाजिर भएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भर्खरै सरुवा भई आएका हुन ।

भोजपुर जिल्ला घर भएका कोइरालासँग यस अघि प्रमुख जिल्ला अधिकारीको रूपमा पाँचथरमा काम गरेको अनुभव छ । उनले सबैको समन्वय र सहयोगमा जिल्लामा शान्ति सुरक्षा, विपद् लगायत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?