ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

वासस्थान संरक्षणमा ध्यान जाओस्

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

विगत २० वर्षको अवधिमा नेपालमा जङ्गली हात्तीको आक्रमणमा परी एक सय बढीले ज्यान गुमाएपछि मानव र हात्तीबिचको द्वन्द्व न्यूनीकरणमा तत्काल पहल थाल्नुपर्ने देखिएको छ । पछिल्लो समय मानिसहरूको अत्यधिक चापले वन क्षेत्र घट्दै गर्दा हात्तीलगायत वन्यजन्तुको वासस्थान सङ्कुचनमा परेको छ । जसका कारण हात्तीको जीवन अत्यन्त संकटग्रस्त अवस्थामा पुगेको छ ।

हात्तीका लागि आवश्यक वन क्षेत्र नपुग्दा बेलाबेला हात्ती बस्तीमा आउने र बितण्डा मच्चाउने गरेको छ । अतः हात्ती संरक्षित क्षेत्रमा जंगलको पर्याप्त व्यवस्था गरिनु आवश्यक छ । मुख्य रूपमा जङ्गली हात्तीको खानाको उपलब्धता र विचरणमा समस्या आएका कारणबाट मानिस र जङ्गली हात्तीको बीचमा द्वन्द्व सिर्जना भएको छ ।

हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयले साइरन बजाउने, पटका पड्काउने, हल्लाखल्ला गर्ने, हात्तीलाई चारैतिरबाट घेर्ने आदि क्रियाकलापले हात्ती झनै उत्तेजित हुने र दुर्घटनाको सम्भावना बढ्ने गरेको हात्ती विज्ञहरू बताउँछन ।

यस प्रकारका क्रियाकलाप रोक्न वनकर्मी र सुरक्षाकर्मीको साथमा संयमता अपनाउनु जरुरी रहेको छ । हात्तीको प्राकृतिक वासस्थान संरक्षण र सम्वद्र्धन गरिएको अवस्थामा समस्या कम हुने अवस्था रहेकोले हात्ती संरक्षित क्षेत्रका स्थानीयले पनि पहल गर्नु जरूरी छ ।

हात्तीले मन पराउने वनस्पतिहरूको संरक्षण गर्ने, हात्तीलाई पानी पिउन तथा पौडी खेल्नका लागि वासस्थान सुधार अन्तर्गत वन क्षेत्रभित्र नै पानीको पोखरी अर्थात् आहाल निर्माण गर्नेलगायत क्रियाकलाप गरिनुपर्नेमा संरक्षणविदहरूले जोड दिएका छन ।

यो गरिएको अवस्थामा मानव र हात्तीबिचको द्वन्द्व न्यूनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । निश्चित रूपमा हात्तीको महत्व र यसको अस्तित्व रक्षा पछिल्लो समय पेचिलो बन्दै गएको छ । विश्व हात्ती दिवस मंगलबार मनाउँदै गर्दा नेपालमा हात्तीको संरक्षणको बिषय मुद्दाकै रूपमा गहनरूपमा उठान हुन सकेको छैन ।

ठूलो शरीर र ठूलो क्षेत्र बासस्थानका लागि आवश्यक पर्ने भएकाले जंगल मासिँदै जानु पनि हात्तीका लागि चुनौती थपिएको छ । अहिले मानवको चाप वृद्धि, विकासको पूर्वाधार बढ्दो लगायतका कारणले जंगल विनास हुँदै जानु र बासस्थानमाथिको अतिक्रमणले हात्ती जोगाउन समस्या उत्पन्न भएको छ ।

पछिल्लो समय जंगली जनावरको बासस्थानमाथि अतिक्रमण जारी छ । हात्ती पाल्नपनि धेरै खर्च लाग्ने भएकोले संरक्षणमा अर्को चुनौति छ । हात्ती दिवस मनाउँदै गर्दा विगतको इतिहास हेर्ने हो भने नेपालमा मानव र हात्तीबीच त्यति राम्रो सम्वन्ध छैन ।

निकुञ्ज किनारका बस्तीमा अहिलेपनि हात्ती आतंक छ । निकुञ्ज वरपरका बासिन्दा प्रत्येक बर्ष हात्तीको उपद्रवबाट आजित छन । पछिल्लो समय जंगली जनावर हात्ती मानवका लागि समस्या बनिरहँदा प्रकृतिका लागि यो अपरिहार्य छ । अवका दिनमा मानव र हात्तीबिचको द्वन्द्व कम गर्ने र हात्तीको बासस्थानको संरक्षणको प्रयास गर्नु जरुरी छ । विश्वमा वन जंगलको बिनास भैरहँदा यसको वासस्थान पनि संकटमा पर्दै आएको छ ।

नेपालमा हात्तीको दिगो व्यवस्थापन नभएकै कारण मानव र हात्तीवीच द्वन्द्व बढेकोले अवका दिनमा वासस्थान संरक्षणमा ध्यान दिनु जरूरी छ । नेपालको तराई क्षेत्रमा जहाँ हात्तीको वासस्थान क्षेत्र छ, ती स्थानमा हात्तीको वासस्थान संरक्षण, मानव बस्तीको विस्थापन गरि जङ्गली हात्ती र मानवबीचको द्वन्द्वलाई न्यूनिकरण गर्नेतर्फ ध्यान दिनु अवको आवश्यकता हो ।

मानव र हात्तीबिचको द्वन्द्व कम गर्ने उपाय भनेको हात्ती करिडोरको निर्माण पनि हो । नेपाल सरकारले यो विषयमा समयमै ध्यान देओस् । हात्तीले विनासमात्रै गर्दैन, यसकै माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । तसर्थ हात्तीलाई जोखिमको रूपमामात्रै नहेरी लाभ लिनसक्ने उपायको खोजीमा उत्तिकै ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?