ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

मुख्यमन्त्रीको आश्वासनपछि मल आउँदै, तर वितरणमै समस्या

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

नवलपरासी, २८ साउन ।

जिल्लामा मल खाद्यको थप कोटा अनुसारको मल माग्दै जनप्रतिनिधि सरोकारवाला कार्यालय धाउन थालेका छन् । मंगलवार थप माग गर्दै लुम्बिनी प्रदेश सरकारका प्रदेश सभा सदस्य(प्रदेश सांसद) बैजनाथ कलवार सहित रामग्रामका ४ जना वडाध्यक्षहरू भैरहवा स्थित कृषि सामग्री कम्पनी र साल्ट टे«डिङको कार्यालय धाउन थालेका हुन् ।

थोरै मलले पु¥याउन समस्या भएको भन्दै गत साता उनीहरू लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्य, कृषि मन्त्री, सिंचाई मन्त्री सहितलाई भेटेर नवलपरासीमा मल कोटा बढाउन ज्ञापनपत्र बुझाएका थिए ।

सो बेला मल थपेर पठाउन लगाउने आश्वासन पाएको ती जनप्रतिनिधिहरू अहिले मल आपुर्ति गर्ने कृषि सामग्री कम्पनीको कार्यालय र साल्ट ट्रेडिङको कार्यालय गएको सुनाएका थिए । मुख्यमन्त्रीले दिएको आश्वासन अनुसार मल थप भएर आएको प्रदेश सांसद कलवारले बताए ।

ती मल छिट्टै परासी स्थित गोदाममा पुग्ने समेत उनले जानकारी गराए । त्यसैगरि साल्ट टेडिगँको कार्यालयमा पुगेर पनि युरिया मल पटाइदिन आग्रह गरेका थिए । साल्ट टे«डिङको कार्यालयले आफूसँग अमोनियम सल्फेट मल रहेको र सो मल पनि युरिया जस्तै काम गर्न सक्ने हुँदा प्रकृया पु¥याएर पठाउने आश्वास दिएका थिए ।

मल अभाव भए पछि जनता नेताको घर घेर्न थालेका छन्, उनले भने–‘जनताको मागलाई लिएर अहिले हामी सरोकारवाला निकायमा धाउँदै आएका छौं ।’ पहल भइरहेको छ, उनले भने, अहिलेलाई ३ सय १५ मेट्रिक टन मल थपेर आउने छ । यसले किसानलाई केही राहत होला, तर नवलपरासी जिल्लालाई मलको कोटा नै थोरै बनाइएको हुँदा त्यसलाई पनि सच्याउन आफू लागि परेको बताए ।

भदौ १ गते सम्भवतः बैठक बस्ने जानकारीमा आएको छ, उनले भने, जिल्लाको कोटा वृद्धि हुनेमा पनि आसावादी छौ । स्थानीय तहले तथ्यगत विवरण बेलामा नपाएका कारण जिल्लाका लागि मलको कोटा थोरै तोकिएको देखियो, उनले भने, सो कोटा बढाउनका लागि पुनः माग हुँदै आएको छ ।

स्थानीय तहले अहिले पाएको मल वितरण गर्न छाडेर प्रदेशले मल नपठाइदिइको आरोप लगाउँदै आएका थिए । तर गोदाममा मल राखिएको विवरण सार्वजनिक भएपछि अहिले स्थानीय तहको कार्यशैली उदागोँ भएको छ । पहिला तथ्यगत विवरण राम्रो नबनाउदा कोटा घटेको छ, प्रदेश सांसद कलवारले भने, अहिले पाएको मल पनि वितरण नगरिइदिइने र उल्टै प्रदेशले दिइएन भन्ने भ्रम पनि सृजना गर्ने स्थानीय तहका प्रमुखहरूको गैर जिम्मेवारी पूर्ण कार्यले किसान दुःख पाएको सुनाएका थिए ।

निर्णय प्रक्रियामा समस्याले मल भए पनि वितरण प्रणाली कमजोर देखिएको कृषि सामग्री कम्पनीको परासी कार्यालय प्रमुख तारा प्रसाद खनालले जानकारी गराएका थिए । उनका अनुसार मल वितरण भई सके पछि सम्बन्धित प्रदेश, जिल्ला, पालिका र वितरण गर्ने संस्थाको कोटामा परेका मल पुर्न वितरणका लागि ४ महिना कुर्नु पर्ने बाध्यता छ ।

कोटा छुट्टाइएका मल सम्बन्धित संस्थाले नलगे पनि उक्त मल अन्य संस्था, पालिका वा जिल्लाको कोटा सच्याउन वा अन्यलाई पुनर्वितरणका लागि लामो अवधीसम्म भण्डारण गरेर राख्नुपर्ने अवस्था छ । यस्तो कार्यविधि तत्कालीन कृषि तथा सहकारी मन्त्री घनश्याम भुसाल हुँदा बनेको थियो । जुन अहिलेसम्म संशोधन भएको छैन । मल उठाउनुपर्ने अवधि घटाउनु पर्ने सुझाव समेत कम्पनीका कर्मचारीले दिइएका थिए ।

प्रदेशले जिल्लालाई निर्धारण गर्छ । जिल्लाले पालिकालाई र पालिकाले वार्डसम्म समिति बनाई वितरण प्रणाली राखेको छ । यसमा कतिपय वार्डका जनप्रतिनिधि वितरण गर्ने सहकारी संस्थालाई जिम्मेवारी दिइन् र मल मगाउनमा चासो नै नलिइने गरेको अवस्था छ ।

पहिलाको निर्णय सच्याएर नपठाएसम्म कम्पनीले कोटामा थप घट गर्न पनि सक्दैनन् । लुम्बिनी प्रदेशमा पनि कतिपय पहाडी जिल्लाले मल लगेका छैनन् । जिल्ला भित्रका पनि पालिकाले मल लग्ने गरेका छैनन्  । पालिकाले निर्णय गरे पनि सम्बन्धित वार्डले लगेर वितरण गरेका छैनन् ।

जनप्रतिनिधिले पहिला कुपन वितरण गर्ने, पछि मात्र झिकाएर वितरण गर्दा कालोबजारी गरिरहेको गुनासो समेत लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?