ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

देवदहमा बालगोपाल सिसमहल निर्माण सम्पन्न

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

देवदह, २८ साउन ।

रूपन्देही देवदहको शित्तलनगरमा रहेको दूर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको बालगोपाल सिस महलको निर्माण सम्पन्न भएको छ । सिस महलको शिलन्यास गरिएको एक वर्षमा निर्माण सम्पन्न गरिएको हो ।

सिस महलको निर्माण सम्पन्नसँगै यहि साउनको ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिनमा उद्घाटन गरिने कार्यक्रम समेत रहेको मन्दिर संरक्षण समितिले जनाएको छ । दूर्गा मन्दिर संरक्षण समितिले थालेको मणिदीप धाम निर्माणको परिकल्पना अन्तर्गतनै मन्दिर परिषरमा बालगोपाल सिस महल निर्माण गरेको हो ।

झण्डै ७५ लाख लागतमा निर्माण सम्पन्न भएको बालगोपाल सिस महलभित्र कृष्णको बाललिला, बालगोपीनि लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरूपलगायतका कलाकृतिहरू कोरिएको दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए ।

सिस महलको बारेमा जानकारी दिने उद्देश्यले मंगलबार मन्दिर परिषरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले साउन ३१ श्रीकृष्ण जन्माष्ठमीका दिनमा १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

उनले दुर्गा मन्दिर संरक्षण समितिले थालेको देवदह मणिदीप गुरुयोजना अन्तर्गत मन्दिर हाताभित्र अर्जुनरथ, बुद्धबिहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वारलगायतका पूर्वाधारहरू निर्माण गरिएको जानकारी दिए ।

सोही दिन संघीय सांसद छवीलाल विश्वकर्माले मन्दिर परिषरभित्रै रहेको बुद्ध बिहारको उद्घाटन गर्ने समेतको कार्यक्रम रहेको बताए ।  देवदह क्षेत्रको धार्मिक पर्यटन विकास महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास दिइएको छ ।

खर्च व्यवस्थापन मन्दिरको आफ्नै आम्दानी, दान दक्षिणा, स्थानीय चन्दादाता, सहयोगी महानुभावहरू, देवदह नगरपालिका लगायतबाट सङ्कलन गरिएको र आगामी दिनमा सोही अनुसारनै मन्दिरका अन्य पूर्वाधारहरू बढाउँदै जाने उनले बताए ।

उद्घाटनका दिनमा सिस महल प्रवेशका लागि निःशुल्क गरिएता पनि उद्घाटनसँगै अन्यदिनमा सिस महल अवलोकनका लागि शुल्क लाग्ने कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए । सर्वसाधारणका लागि ५० रुपैयाँ प्रवेश शुल्क राखिएको सिस महलका लागि विद्यार्थी, असहाय र वृद्धवृद्धाका लागि ३० रुपैयाँ तोकिने कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?