ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

चक्रे मिलन तत्काल नछुट्ने, ज्यान मार्ने उद्योगको मुद्दाका लागि भक्तपुर लैजाने तयारी

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

काठमाडौं ।

अभद्र व्यवहारको मुद्दामा ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिए पनि मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल छुट्ने सम्भावना देखिदैन  । न्यायाधीश खिमानन्द भुसालको इजलासबाट बुधबार धरौटीमा रिहा हुने आदेश भए पनि अर्को आपराधिक मुद्दाका कारण उनलाई भक्तपुर लैजाने तयारी गरिएको छ ।

चक्रे मिलनसँगै धरौटी माग गरिएका अन्य १८ जना भने आजै धरौटी बुझाएर रिहा भएका छन्। तर, चक्रेमाथि भक्तपुरमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएकाले उनी छुट्न नपाउने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जनाएका छन् ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले पनि चक्रेमाथि सानाेठिमीस्थित एक रेष्टुरेन्टमा भएको आक्रमणको घटनासँग जोडिएको मुद्दा रहेकाले उनलाई भक्तपुर ल्याइने बताएका छन् ।

जाहेरी अनुसार, १० भदौ २०८१ मा दिव्यशजरीस्थित बड्डाको तावा रेष्टुरेन्टमा चक्रे समूहले मनिष रायमाझीमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ । सो घटनामा मुख्य प्रतिवादी अजित खवासलाई पहिल्यै पक्राउ गरिए पनि चक्रेको नाम ‘वतन नखुलेको’ भन्दै प्रतिवादीमा समावेश गरिएको थिएन ।

हाल चक्रेमाथि सोही मुद्दामा अनुसन्धान अगाडि बढाउने तयारीमा प्रहरीले भक्तपुर लैजान लागेको हो ।

चक्रे मिलन १५ साउनमा महाराजगञ्जको होटल साम्बालामा जन्मदिनको पार्टीको क्रममा होहल्ला गरेको आरोपमा पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेसनमा ४७ जनालाई पक्राउ गरिएको थियो, जसमा २८ जनालाई पछि रिहा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?