© 2026
बुटवल, २७ साउन ।
जिफन्ट आवद्ध निर्माण क्षेत्रका श्रमिकहरुको संगठन नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुर युनियन क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रमको जिफन्ट राष्ट्रिय सचिव हरि कार्कीले उद्घाटन गर्दै देश विकासमा महत्वपूर्ण योगदान दिइरहेका श्रमिकहरू अझै आफ्नो सुरक्षाबाट वञ्चित रहनु परेको उल्लेख गर्दै सरकारको ध्यान यसतर्फ जानुपर्ने बताए । सामाजिक सुरक्षामा आवद्धताले श्रमिकलाई दीर्घकालीन रूपमा पेन्सन, दुर्घटनामा क्षतिपूर्ति, उपचार सुविधा र परिवारको जीवनस्तर सुधार गर्ने अवसर प्रदान गर्ने भन्दै उनले यस अभियानलाई हरेक स्थानीय तहबाट प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
क्युपेकका केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले देशभर रहेका श्रमिक मजदुरको हकहितको पक्षमा आवाज उठाउने काम संस्थागत रुपमा गर्दै आएको बताईन । बिस २०५७ सालदेखि निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सरकारबाट सम्मान दिनुपर्छ भन्ने माग उठाउदै आएको उनले बताईन । ‘न्युनतम सेवासुविधा र पेन्सनको माग मुख्य थियो ।’–उनले भनिन । यो सम्बोधन हुने गरि सामाजिक सुरक्षा महत्वपूर्ण पाटो भएको उनले बताईन । यहि समस्या बुझाउन अभियानका रुपमा अभिमुखिकरण कार्यक्रमलाई जोड दिएको उनले बताईन । सरकारबाट श्रमिकलाई परिचय समेत दिन नसकेको अवस्थामा छ । श्रमिकलाई गास, बास, कपास, शिक्षा र स्वस्थ्य सेवा आवश्यक रहेको उनले बताईन । श्रमिकहरुलाई सुचिकृत गरि सामाजिक सुरक्षामा आवद्ध गराउने भिमफेदी नगरपालिकाले पहिलो भएको उनले बताईन ।
बेलभारी नगरपालिका, फेदी गाउपालिका, म्यादी गाउपालिकाले श्रमिकको अभिलेख राख्ने र परिचयपत्र उपलब्ध गराउदै त्यसको आधारमा सामाजिक सुरक्षामा आवद्धता ल्याउने काम गरेको उनले बताईन । चागुनारायण नगरपालिका र सुर्यनारायण नगरपालिकाले यो आर्थिक वर्षका लागि बजेट बिनियोजन गरेको उनले बताईन । क्युपेकमा १ लाख ८७ हजार ७ सय ८७ जना जना श्रमिकहरु आवद्ध रहेको उनले बताईन ।
कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध भएपछि यसबाट मजदुरलाई हुने फाईदा बारे जानकारी दिदै सामाजिक सुरक्षा कार्यालय बुटवलका प्रमुख खेम कार्कीले यो अप्नाउने प्रक्रिया, यसको फाईदाका बारे विस्तृत जानकारी दिए । सामाजिक सुरक्षा मजदुरप्रति सरकारको दायित्व पनि भएको उनले बताए । श्रमिकको सुरक्षा राज्यको जिम्मेबारी भएको हुदा पनि सामाजिक सुरक्षा कोषमा आवद्घ जरुरी रहेको बताए । श्रम गर्दामात्र नभई अंगभंग र मृत्यु भएको बेला आजिवन पेश्सन पाउनेसमेत ब्यवस्था यसमा रहेको उनले बताए । स्थानिय सरकारबाट आफ्नो क्षेत्रका मजदुरहरु सामाजिक सुरक्षामा आवद्ध भएको तथ्याक अनुसार नै बजेट बिनियोजन गर्ने काम भैरहेको उनले बताए । संयन्त्रसंग जोड्ने रुपमा यो अभियान थालेको उनले बताए । हालसम्म १९ लाख बढि सामाजिक सुरक्षामा आवद्धता रहेका छन ।
कार्यक्रममा क्युपेक रुपन्देही जिल्ला अध्यक्ष गंगाराम सुनारले तालिममा नवलपरासी र रुपन्देहीका ५० बढि श्रमिकहरु आवद्ध रहेको बताए ।
क्युपेकका केन्द्रीय सचिव कृतिनिधि विष्ट, केन्द्रित सदस्य डिलकराम डुम्रेले ६० वर्षपछि पेन्सनको आधार समेत बन्ने हुदा सामाजिक सुरक्षा कोषको महत्व रहेको भन्दै देशका धेरै पालिकाबाट नै बजेट बिनियोजन गर्ने काम गरिरहेको उनले बताए ।