Butwal Today

रास्वपा महामन्त्रीमै फर्किन पाउनुपर्ने मुकुल ढकालको निवेदनमा सर्वोच्चमा सुनुवाइ

२७ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा ढकालको निवेदनमा सुनुवाइ जारी छ।

ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दिएका छन्।

यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो।

त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो। साथै अन्तरिम आदेश जारी हुने कि नहिने भनी निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो।

अन्तरिम आदेशबारे सर्वोच्चले अहिलेसम्म कुनै निर्णय दिएको छैन।

रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निकालिएको थियो।त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए।

ढकाल रास्वपाका प्रवक्ता पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?