ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

मुसिकोटमा ८५ प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ अभियान सफल

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

गुल्मी, २७ साउन । 

गुल्मीको मुसिकोट नगरपालिकाले एक घर एक धारा कार्यक्रमलाई तीव्रता दिँदै आएको छ । नागरिकको मुख्य आधारभूत आवश्यकताको रूपमा रहेको खानेपानीको स्थायी समाधानका लागि ‘एक घर एक धारा’ कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्र हालसम्म ८५ प्रतिशत घरधुरीमा खानेपानीको धारा जडान गरी एको मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले बताएका छन् । खानेपानीको अभावका कारण दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका स्थानीय वासीहरूका लागि यो कार्यक्रमले ठुलो राहत पुगेको छ ।

भौगोलिक विकटता अग्लो र विकट बस्तीहरूलाई मध्यनजर गर्दै कतिपय स्थानमा लिफ्ट प्रविधिबाट खानेपानी आपूर्ति गरिएको छ । यसले त्यस क्षेत्रका बासिन्दालाई सहज रूपमा सुरक्षित र स्वच्छ पानी उपभोग गर्न सहयोग पु¥याएको छ ।

खानेपानीको लागि दिनभर पँधेरो र कुवा पुग्नुपर्ने नागरिकहरू यति बेला खाना पकाउने ठाउँमै खानेपानी पुगेको मुसिकोट नगरपालिका –१ की भूमि थापाले बताए ।

अहिले खान पानीले धेरै परिवर्तन गरेको उनको भनाइ छ । यसले गृहिणीहरूका लागि समयको बचतसँगै थप सहजता पुगेको छ ।नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा नगर भित्र २२ वटा साना तथा ठुला खानेपानी योजनाहरू कार्यान्वयनमा ल्याएको छ । ती योजनाहरू अन्तर्गत ३३० घरधुरीमा नयाँ धारा जडान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रभावकारिताका कारण धेरैजसो बस्तीमा अहिले घर–घरमै खाने पानीको धारा पुगिसकेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताएका छन् । यो उपलब्धि नगरपालिकाको ‘एक घर एक धारा’ कार्यक्रमलाई साकार बनाउने दिशामा अगाडि बढेको गिरीले बताए ।

केही वर्ष अघिसम्म कुवा र पँधेरोको भर पर्न बाध्य बनेका नागरिकहरू अहिले घरमै धारा आएपछि खुसी बनेका छन् । नगर प्रमुख जिवलाल खरेलका अनुसार खानेपानी पहुँचलाई बिस्तार गर्नु नगरपालिकाको मुख्य योजना रहेको बताए ।

नागरिकको दैनिक जीवनसँग गाँसिएको यो महत्त्वपूर्ण विषयमा दीर्घकालीन समाधान दिन चाहेको भन्दै उनले आगामी आर्थिक वर्षमा शतप्रतिशत घर धुरीमा खानेपानी पुर्‍याउने बताएका छन् ।

“मुसिकोटका धेरै ठाउँहरूमा बिहान–बेलुका टाढाबाट गाग्री बोकेर पानी ल्याउनु पर्थ्यो, अब भने घरमै धारा जडान भएपछि ठुलो राहत मिलेको छ,” स्थानीय मिलन थापाले बताए । मुसिकोट नगरपालिकाको –४ दजाकोटमा यसअघि दूषित पानीकै कारण झाडापखालाबाट एक जनाको मृत्यु भएको थियो । अहिले त्यस स्थानमा पनि स्वच्छ पिउने पानी पुगिसकेको छ ।

स्वच्छ खानेपानी पुगेका स्थानमा विशेष गरी बालबालिका, गर्भवती महिला, वृद्ध वृद्धाहरूको स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको बताइएको छ । नगरपालिकाले हालसम्म सम्पन्न योजनाहरूको अध्ययन र मूल्याङ्कन गरी बाँकी रहेका १५ प्रतिशत घरधुरीमा पनि छिट्टै धारा जडान गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिए ।

नगरपालिकाले खानेपानी सँगै सरसफाइ, जलस्रोत संरक्षण र स्रोत व्यवस्थापनमा पनि दीर्घकालीन नीति र योजना अघि सारेको छ । यसले नगरवासीको जीवनस्तर सुधारसँगै वातावरणमैत्री विकासतर्फ थप टेवा पुग्ने अपेक्षा नगरले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?