© 2026
काठमाडौँ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै यहाँ मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २७, मंगलबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थान मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति : देशभर पूर्णतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशका पहाड र तराई साथै लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।