ट्रेंडिंग:

>> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी, छानबिन समितिले ठहर गर्‍यो जिम्मेवार

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

काठमाडौँ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडी प्रकरणमा छानबिन विशेष समितिले स्पष्ट रूपमा जिम्मेवार ठहर गरेपछि राजीनामाको तयारीमा देखिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने तयारीसहित खतिवडाले सभामुख देवराज घिमिरेसँग समय मागेका छन् । बैठक शुरू हुनुअघि उनले सभामुख घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेटघाट गरेका थिए । स्रोतका अनुसार, उनी सार्वजनिक रूपमा आफ्नो भूमिकाबारे स्पष्ट पार्दै पदबाट अलग हुने तयारीमा छन् ।

छानबिन विशेष समितिको प्रतिवेदनमा खतिवडाले आफ्नो ‘समन्वयकारी भूमिका’ पूरा नगरेको ठहर गरिएको छ । प्रतिवेदनअनुसार, मस्यौदा प्रतिवेदन समितिका सबै सदस्यहरूलाई देखाएर छलफल गरिनुपर्नेमा केही निश्चित व्यक्तिहरूसँग मात्र अनौपचारिक बैठक गरी प्रतिवेदन संसद्मा पेस गरिएको पाइएको छ ।

अझै गम्भीर कुरा, खतिवडाको हस्ताक्षरमार्फत प्रतिवेदन पेस भएको देखिँदा कानुनी रूपमा उनले ‘गम्भीर त्रुटि’ भएको मस्यौदाप्रति जिम्मेवारी वहन नगरेको भन्दै उनी प्रत्यक्ष रूपमा दोषी देखिएको उल्लेख छ ।

साथै, समितिका सचिव सुरजकुमार दुरा पनि जिम्मेवारी पूरा नगरेको आरोपमा प्रतिवेदनले किटान गरेको छ । उपसमिति र समितिको बैठकहरूमा सहभागी रही प्रतिवेदन लेखनमा भूमिका निर्वाह गरे पनि उनले आफ्नो सचिवीय जिम्मेवारी इमान्दारीपूर्वक नपु¥याएको ठहर गरिएको छ ।

प्रतिवेदनले मुख्यसचिव र अन्य कर्मचारीहरूको हकमा समेत ‘कुलिङ अफ पिरियड’ हटाउने विषयमा समुह बनाई सार्वजनिक रूपमा लबिइङ गरेको, र यसरी देखिएको आचरण पदीय मर्यादा विपरीत भएको उल्लेख गरेको छ ।

राजनीतिक वृत्तमा खतिवडाको सम्भावित राजीनामाले ‘कुलिङ अफ पिरियड’ प्रकरण नयाँ मोडमा जाने संकेत देखिएको छ। यसले न केवल समितिको आन्तरिक संयन्त्रमा प्रश्न उठाएको छ, तर संसदीय जिम्मेवारी र नैतिकताको विषयमा पनि बहस चर्काउने सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?