ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

बाख्रा-बंगुरबाट करोडौं आम्दानी, गाई भैंसीको सङ्ख्या घट्दै

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

समाचार सारांश


  • गाई भैंसीको घट्दो सङ्ख्याको विपरीत, रोल्पामा भेडा, बाख्रा र बंगुरको सङ्ख्या भने बर्सेनि बढ्दै गएको छ ।

  • रोल्पामा आर्थिक वर्ष २०७९/८० मा करिब २ लाख बढी बाख्रा थिए भने २०८१/८२ सम्म बढेर करिब २ लाख ६ हजार पुगेका छन् ।

  • गत वर्ष करिब १३ हजार खसी बोका निर्यात गरेर २२ करोडभन्दा बढी आम्दानी भएको छ


 

साउन, २७  रोल्पा ।

रोल्पाका किसानहरूले पाल्दै आएका मुख्य पाँच पशु मध्ये गाई र भैँसीको सङ्ख्या बर्सेनि घट्दै जाँदा भेडा बाख्रा र वंगुरको सङ्ख्या भने वृद्धि हुँदै गएको छ ।

भेटेरीनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका अनुसार गाई भैँसीको स्थान अब छिटो प्रतिफल दिने भेडा वाख्रा र बंगुरले लिन थालेका हुन ।

भेटेरीनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको विगत ती वर्षको तथ्याङ्क अनुसार गाई भैँसी पालन गर्ने किसानको सङ्ख्या भेडा बाख्रा र वंगुर पालनमा स्थानान्तरण हुँदा परम्परागत पशुपालनको सङ्ख्या घट्दै जान थालेको हो ।

आर्थिक वर्ष २०७९/०८० सालमा जिल्लामा कुल १ लाख ५ हजार ७४ गाई रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा यो सङ्ख्या घट्न गई १ लाख ३ हजार १८३ मा झरेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्या १ लाख २ हजार २०३ मा झरेको थियो ।

यस्तै जिल्लामा भैसीको सङ्ख्या पनि बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ५४ हजार २१४ वटा भैँसी रहेकोमा आर्थिक वर्ष २०८००८१ मा यो सङ्ख्या ३० हजार ७१५ मा झरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा यो संख्यामा थप गिरावट आई ३० हजार २०७ मा झरेको थियो ।

उता भेंडा बाख्रा र वंगुर जस्ता साना पशुहरूको सङ्ख्या भने वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा २ लाख ३ हजार ५४२ वाख्रा रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा यो सङ्ख्या बढेर २ लाख ५ हजार ७४० पुगेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्यामा थप वृद्धि भई २ लाख ६ हजार ३४१ पुगेको थियो । यस्तै, जिल्लामा भेडाको सङ्ख्या समेत बर्सेनि बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १४ हजार ३५७ भेडा रहेकोमा एक वर्ष पछि अर्थात आर्थिक वर्ष २०८०/०८१ मा यो सङ्ख्या बढेर १४ हजार ४२२ पुगेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्या थप वृद्धि भई १४ हजार ५५६ पुगेको थियो । जिल्लामा बङ्गुरको सङ्ख्यामा समेत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा १४ हजार २१७ बङ्गुर रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा आउँदा यो सङ्ख्या वृद्धि भई १४ हजार ३१८ पुगेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्यामा थप वृद्धि भई १४ हजार ४०७ पुगेको थियो । गाईभैंसी जस्ता ठूला पशु पालेर लगानी अनुसार प्रतिफल नआउने भएपछि किसानहरू भेंडा वाख्रा जस्ता साना पशुपालन आकर्षित भएका हुन् ।

गाईलाई दूधका साथै खेतबारी जोत्नका लागि गोरु उत्पादनका लागि गाई पालन गरिने भए पनि पछिल्लो पटक भित्रिएको यान्त्रिक प्रविधिले गाई पालन प्रति कृषकको आकर्षण घट्दै जान थालेको बताइन्छ ।

दूध मासुका लागि भैँसी पालन गरिने भए पनि ढिलो प्रतिफल दिने र भैंसी पालनमा बढी लगानी लाग्ने भएकाले किसानहरू ठुला पशुपालनको सट्टा साना र छिटो प्रतिफल दिने पशुपालन तर्फ आकर्षित भएका हुन सक्छन् भेटेरीनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर शङ्कर न्यौपानेले भने ।

बाख्रा र बंगुर पालनबाट छोटो समयमै प्रतिफल आउने भएकाले किसानहरू त्यतातिर आकर्षित भएको बताइन्छ । रोल्पामा भेडा बाख्रा र वंगुरको सङ्ख्या वृद्धि भएसँगै जिल्ला मासुमा आत्म निर्भर बनेको छ ।

खाद्यान्न, दूध अण्डामा परनिर्भरता झेलिरहेको रोल्पा मासुमा भने आत्मनिर्भर बन्दै गएको छ । भेटेरीनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको तथ्याङ्कले रोल्पा मासुमा आत्मनिर्भर बन्दै गएको देखाएको हो ।

रोल्पामा ७० प्रतिशत अण्डा, २२ प्रतिशत दुध र ९३ प्रतिशत माछा अपुग हुँदा मासुमा भने आत्मनिर्भर भई जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । मासुका लागी वोईलर कुखुरा जिल्ला बाहिरबाट आयात गर्नुपर्ने भए पनि खासी, वोका र बंगुर भने निर्यात हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको दाबी छ ।

मासुका लागि पालिने खसी, बोका र बंगुर निर्यात गरेर रोल्पाका किसानले मनग्ये आमदानी गरिरहेको कार्यालय को दाबी छ । रोल्पाका किसानले गत वर्ष जिल्ला बाहिर खसी बोका निर्यात गरेर २२ करोड ३८ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार रोल्पाका किसानहरूले सो वर्ष तेह्र हजार ५६७ वटा खसी बोका जिल्ला बाहिर निर्यात गरेका थिए ।

सोही वर्ष जिल्लाबाट करिब १ हजार बङ्गुर निर्यात भएका थिए । बङ्गुर निर्यातबाट रोल्पाका किसानले करिब ३ करोड आम्दानी गरेका थिए । भेडाको १ हजार ५०० किलो उनबाट ७ लाख ५० हजार आम्दानी भएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको अभिलेखमा उल्लेख छ ।

रोल्पा पशुपालनको दृष्टिले उर्वर भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका वरिष्ठ पशु विकास अधिकृत डा. शङ्कर न्यौपानेको भनाइ छ ।

किसानहरूमा संस्थागत ढङ्गले अभिलेख राख्ने कुराको कमी हुँदा हरेक वर्ष उनीहरूलाई उत्पादनमा आधारित अनुदान दिन नसकिएको न्यौपानेको भनाई छ । मासुमा अनुदान दिने गरी कार्यक्रम आउने गरेको र किसानहरूको व्यवस्थित अभिलेख नहुँदा त्यस्तो बजेट फिर्ता हुने समस्या रहेको डा.न्यौपानेको भनाइ छ ।

लम्की स्क्रिनका कारण अघिल्ला वर्षहरूमा रोल्पामा चार हजार बढी पशु मर्दा समेत जिल्लामा पशुको सङ्ख्या घट्न गएको उनको । समयमा आउने रोग व्याधले पशुको सङ्ख्या घट्ने गरेको विज्ञ केन्द्रको भनाइ छ ।

जिल्लामा यति धेरै पशुपालन भए पनि पशुधनको सुरक्षणमा भने खासै चासो देखिँदैन । किसानको पशुधनको सुरक्षणका लागि पशु बिमा कार्यक्रम लागू भए पनि यहाँका निकै कम पशुको मात्रै बिमा गरिएको छ ।

जिल्लामा ६८७ बाख्रा, ६४ भैँसी, १२ गाई गोरु, ९ बंगुर र२ भेडा गरी ७७४ पशुधनको मात्रै बिमा गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अभिलेखमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?