Butwal Today

सुनको भाउमा दोहोरो गिरावट, दुई दिनमै २४ सय रुपैयाँले घट्यो

२७ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सुनको मूल्यमा लगातार दोहोरो गिरावट आएको छ । दुई दिनको अवधिमा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो तोलामा १ हजार १ सय रुपैयाँले घटेको सुन आज थप १ हजार ३ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो यसको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि घट्दो क्रममा छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा झरेको छ । हिजो यसको मूल्य २ हजार ३१५ रुपैयाँ थियो ।

सुनचाँदीको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै मागमा आएको कमी रहेको बताइन्छ । यस्तो गिरावटले सुनचाँदी कारोबार तथा लगानीकर्तामा सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ ।