ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

विजयनगरमा २१ घरधुरीले पाए लालपुर्जा

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

चन्द्रौटा, २७ साउन । 

बिहानैदेखि गाउँको घर–घरमा चिया उम्लिँदै थियो । आँगनमा बाक्लो भीड देखिन्थ्यो । कपिलवस्तु जिल्लाको सुदूरपश्चिममा रहेको विजयनगर गाउँपालिका वडा नम्बर–१ का थारु समुदायका २१ घरधुरीका अनुहारमा मुस्कान मस्कियो ।

उनीहरू पहिलो पटक आफ्नो नाममा लालपुर्जा पाउने भएकोले निकै खुसी देखिन्थे । कानुनी प्रमाणपत्र नपाएका यी भूमिहीन सुकुम्वासीको जीवनमा नयाँ अध्यायको सुरु भएको उनीहरू बताउँछन् ।

“वर्षौँदेखि ‘आफ्नै’ भनिने जमिनमा बसे पनि आफ्नो कानुनी अधिकार थिएन” स्थानीय दरबारी थारुले भने, “लालपुर्जा पाएपछि गाउँ गाउँमा सरकार आएको प्रत्यक्ष महसुस भयो ।”

लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँमा पुगेका थिए । उनीसँगै गाउँका बुढापाका, बालबालिका, महिला–सबैको नजर एउटा रातो कागजमा टाँसिएको थियो, जसले उनीहरूको दशकौँको पर्खाइ टुङ्ग्याएको छ ।

यस्तै अर्का हरिराम थारुको पीडा पनि उस्तै थियो । उनले भने “दशककौं देखिको सपना साकार भएको छ । माटोलाई संरक्षण गर्दै बसे पनि अधिकार भने शून्य थियो । अब हामीले उपभोग गर्दै आएको जग्गा आफ्नै नाममा लेखाउन र देख्न पाइयो ।”

नापी प्रक्रिया असार २९ मा सुरु भई साउन १ गतेसम्म पूरा भयो । एक हप्ते दाबी–विरोध र १५ दिनको राजस्व दाखिला समय सीमा भित्रै सबै काम सकियो । बाणगंगा नगरपालिकाको मोतिपुर डाँडामा त नापी प्रक्रिया मात्र एक सातामा सम्पन्न भएको थियो, जसका २८ घरधुरीले पनि लालपुर्जा पाए ।

मन्त्री अधिकारीले भने  “यो वर्ष ५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने हाम्रो लक्ष्य छ । करिब १५ लाख घरधुरीलाई यो अन्तिम आयोगमार्फत प्रमाणपत्र दिने तयारी छ ।” कानुनबारे फैलिएका हल्ला—जस्तै वन मास्ने, भू–माफियालाई दिने, मिलेमतो गर्नेलाई असत्य भन्दै उनले स्पष्ट पारे ।

यसैबिच गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भने  “भूमिहीन सुकुम्वासीलाई जति सकिन्छ छिटो लालपुर्जा वितरण गर्न हामी प्रतिबद्ध छौँ ।” अब यी लालपुर्जाहरू करिब दुई महिनाभित्र मालपोत कार्यालयमा दर्ता (स्रेस्ता कायम) हुनेछन् ।

यही सातादेखि मायादेवी गाउँपालिकाका २ हजार घरधुरीलाई पनि लालपुर्जा वितरण गर्ने तयारी भइरहेको नापी कार्यालयका प्रमुख जनक भण्डारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?